गौर हत्याकाण्डबारे धारणा बनाउन संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै « Khabarhub

गौर हत्याकाण्डबारे धारणा बनाउन संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तराई–मधेशकेन्द्रित सात दलीय गठबन्धन ‘संघीय लोकतान्त्रिक मोर्चा’को बैठक बस्दैछ ।

मोर्चाको घटक जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मुछिएको गौर हत्याकाण्डबारे साझा धारणा तय गर्न बैठक बस्न लागेको हो ।

मोर्चाको अर्को घटक जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले गौर हत्याकाण्डबारे छलफल गर्न मोर्चाको बैठक बस्न लागेको जानकारी दिए ।

उनकाअनुसार बैठक बुधबार बेलुकी ५ बजे थापागाउँस्थित जनता प्रगतिशील पार्टीको कार्यालयमा बस्ने तय भएको छ ।

बैठकमा कात्तिक १७ गतेका लागि तय भएको रूपन्देही–३ को उपनिर्वाचनका तयारीबारे पनि छलफल हुने एजेन्डा रहेको अध्यक्ष त्रिपाठीले बताए ।

रूपन्देही–३ मा मोर्चा (जनमत पार्टीबाहेक) ले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट साझा उम्मेदवार अघि सार्ने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ११ : ५१ बजे

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा– विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि

पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौंमा अड्किएका सवारी (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधपछि काठमाडौंमा अड्किएका मालवाहक

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै