गौर हत्याकाण्डबारे धारणा बनाउन संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै « Khabarhub

गौर हत्याकाण्डबारे धारणा बनाउन संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तराई–मधेशकेन्द्रित सात दलीय गठबन्धन ‘संघीय लोकतान्त्रिक मोर्चा’को बैठक बस्दैछ ।

मोर्चाको घटक जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मुछिएको गौर हत्याकाण्डबारे साझा धारणा तय गर्न बैठक बस्न लागेको हो ।

मोर्चाको अर्को घटक जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले गौर हत्याकाण्डबारे छलफल गर्न मोर्चाको बैठक बस्न लागेको जानकारी दिए ।

उनकाअनुसार बैठक बुधबार बेलुकी ५ बजे थापागाउँस्थित जनता प्रगतिशील पार्टीको कार्यालयमा बस्ने तय भएको छ ।

बैठकमा कात्तिक १७ गतेका लागि तय भएको रूपन्देही–३ को उपनिर्वाचनका तयारीबारे पनि छलफल हुने एजेन्डा रहेको अध्यक्ष त्रिपाठीले बताए ।

रूपन्देही–३ मा मोर्चा (जनमत पार्टीबाहेक) ले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट साझा उम्मेदवार अघि सार्ने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ११ : ५१ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको