जापानको निर्यात संकट गहिरिँदै, गाडी आपूर्ति २८ प्रतिशत घट्यो « Khabarhub

जापानको निर्यात संकट गहिरिँदै, गाडी आपूर्ति २८ प्रतिशत घट्यो


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार, जुलाई महिनामा जापानको अमेरिका तर्फको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १०.१ प्रतिशतले घटेको छ । यो लगातार चौथो महिना हो जसमा अमेरिका तर्फको निर्यात घटेको देखिएको छ ।

निर्यातमा आएको यो तीव्र गिरावट मुख्य रूपमा गाडी र गाडीका पार्टपुर्जाको आपूर्तिमा आएको भारी कमीका कारण भएको हो, जुन अमेरिकी सरकारले लगाएको नयाँ आय शुल्कको असर हो ।

विवरणअनुसार, अमेरिकामा जापानी गाडीको निर्यात २८.४ प्रतिशतले घटेको छ भने पार्टपुर्जाको निर्यात १७.४ प्रतिशतले कमी आएको छ ।

जापानको कुल निर्यात २.६ प्रतिशतले घटेर ९.३६ ट्रिलियन येन (झन्डै ६.३१ मिलियन अमेरिकी डलर) पुगेको छ, जुन लगातार तेस्रो महिना घटेको हो ।

उता, आयात पनि ७.५ प्रतिशतले घटेको छ, जुन कच्चा तेल, कोइला र तरल प्राकृतिक ग्याँस (एलएनजी) को मूल्य घटेका साथै बलियो येनका कारण भएको हो ।

मन्त्रालयले जनाएअनुसार, जापानको व्यापार घाटा जुलाई महिनामा ११७.५ अर्ब येन पुगेको छ, जुन पछिल्लो दुई महिनामा पहिलो पटक घाटामा गएको अवस्था हो । रासस

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १२ : ०९ बजे

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक