जीवनको ठूलो पर्दामा ‘कमब्याक’ पक्का, साइन गरे ‘सकम्बरी’ « Khabarhub

जीवनको ठूलो पर्दामा ‘कमब्याक’ पक्का, साइन गरे ‘सकम्बरी’


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका पलायन भएका नायक जीवन लुइटेलले ७ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्ने भएका छन् ।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको फिल्म ‘सकम्बरी’बाट जीवनले कमब्याक गर्ने भएका छन् । उनीसँग काजगी सम्झौता भइसकेको निर्माण पक्षले बताएको छ ।

जीवन कान्तिपुर फिल्म एकेडेमीमै मञ्चन भएको नाटक ‘शिरिषको फूल’मा अभिनय गर्न नेपाल आएका थिए । यही मौकामा उनले फिल्म साइन गरेका हुन् ।

उनले फिल्ममा पनि नाटक निर्वाह गरेको पात्र ‘सुयोगवीर’कै भूमिका निर्वाह गर्ने बताइएको छ ।

‘सकम्बरी’मा अर्का नायक अपर्ण थापा पनि अनुबन्ध भएका छन् । उनी भने ‘शिवराज’को भूमिकाका लागि तय भएका हुन् । यो फिल्मको छायाङ्कन तिहारपछि हुने बताइएको छ ।

यो फिल्म ‘शिरिषको फूल’को पात्रबाट प्रभावित भए पनि कथा भने फरक रहेकाे एकेडेमीले बताएको छ ।

पछिल्लो आठ वर्ष यता जीवन अमेरिकामा बस्दै आएका छन् । उनी भटाभट फिल्म साइन गरिरहेकै बेला अमेरिका पलायन भएका थिए ।

नेपाल फर्किएसँगै ठूलो पर्दामा उनको कमब्याको चर्चा चलेको थियो । अन्तत: उनले फिल्म साइन गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ०४ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि