पशुप्रेमी रिक्सा चालकले दिल्लीकी मुख्यमन्त्रीलाई हाने थप्पड | Khabarhub Khabarhub

पशुप्रेमी रिक्सा चालकले दिल्लीकी मुख्यमन्त्रीलाई हाने थप्पड


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको राजधानी सहर दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि उनको सरकारी आवासमै आक्रमण भएको छ ।

बुधबार बिहान चलेको जनसुनुवाइका क्रममा उनलाई एकजना पुरूषले आक्रमण गरेका हुन् । समाचार अनुसार उनलाई ती पुरूषले थप्पड हानेका हुन् ।

दिल्लीस्थित भारतीय जनता पार्टीका अध्यक्ष विरेन्द्र सक्सेनाले भने, ‘आरोपीले मुख्यमन्त्रीको हात समातेर तानेका कारण उनी कुनामा ठोक्किइन्। यस क्रममा टाउकोमा चोट लागेको छ। थप्पड हानिएको कुरा गलत हो।’

मुख्यमन्त्री कार्यालयले पनि आक्रमणको पुष्टि गरेको छ । ‘आज जनसुनुवाइका क्रममा एक व्यक्तिले मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण गरेका छन्। उनलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।’

आरोपीले आफ्नो नाम राजेशभाई खीमजीभाई सकरिया (४१) बताएका छन् । उनी गुजरातको राजकोटका बासिन्दा हुन्।

दिल्लीस्थित भाजपा प्रवक्ता प्रविण शंकर कपूरले भने, ‘३५ वर्षको एक व्यक्ति जनसुनुवाइमा आएको थियो। उनले मुख्यमन्त्रीलाई कागजात दिएका थिए। त्यसपछि केही वादविवाद भयो । उनले आक्रमण प्रयास गरे। यिनी कुनै पार्टीसँग जोडिएका हुन सक्छन्, जुन अहिले निराश छन्।’

दिल्ली कांग्रेस प्रमुख देवेन्द्र यादवले यो घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । ‘रेखा गुप्ता सम्पूर्ण दिल्लीकी मुख्यमन्त्री हुन्। यस्तो घटनाको जति निन्दा गरे पनि कम हुन्छ। यसले महिलाको सुरक्षा व्यवस्थाको अवस्था उजागर गरेको छ। यदि दिल्लीकी मुख्यमन्त्री नै सुरक्षित छैनन् भने सामान्य पुरुष वा महिला कसरी सुरक्षित हुन सक्छन्?’

आरोपी रिक्सा चालक, आमाले भनिन्–छोरा पशुप्रेमी

राजेशभाइ खीमजीभाइ सकरिया राजकोटको कोठारिया क्षेत्रमा बसेर रिक्सा चलाउने व्यक्ति हुन्। राजकोट प्रहरी उनको घर पुगेको थियो। त्यहाँ आमाले भनिन्, ‘मेरो छोरा पशुप्रेमी हो। दिल्लीमा कुकुर समात्नेबारे सर्वोच्च अदालतको आदेशपछि ऊ दुःखी भएको थियो। त्यसैले ऊ दिल्ली गएको हो।’

रेखा गुप्ता २० फेब्रुअरी २०२५ मा दिल्लीकी मुख्यमन्त्री बनेकी थिइन्। दिल्ली विधानसभा चुनावमा उनले आप नेतृ वन्दना कुमारीलाई २९,५९५ मतले हराएकी थिइन्।

रेखा लामो समयदेखि राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) सँग जोडिएकी हुन्। उनी दिल्ली भाजपाकी महासचिव र भाजपा महिला मोर्चाकी राष्ट्रिय उपाध्यक्ष समेत थिइन्।

घटनापछि दिल्लीका मुख्य सचिव र मन्त्रीहरू मुख्यमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मुख्यमन्त्री आवास पुगेका थिए। त्यहीँ उनको उपचार भइरहेको छ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ०४ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता