रास्वपाले भन्यो- कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा « Khabarhub

रास्वपाले भन्यो- कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले संकलन गरेको हस्ताक्षरलाई लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको ठहर गरेको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरूवातमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस–एमालेले संकलन गरेको हस्ताक्षरप्रति आपत्ति जनाएउँदै यस्तो बताएका हुन् । 

‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो त्यसले सम्मानीत सदनलाई चोट पु¥याएको छ । लोकतन्त्रको विारसत धानेको भनिएकाहरूबाट सार्वभौम संसद्को उपसभामुखजस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको छ भन्ने रास्वपाको ठम्याइ हो,’ उनले भने । 

प्रमुख सचेतक परियारले कांग्रेसलाई लोकतन्त्रका लागि हार्न तयार भएका संस्थापक नेता बीपी कोइराला र एमलेलाई सामन्तवादको खरो विरोध गर्ने आफ्ना नेता मदन भण्डारीलाई सम्झिन सुझाव पनि दिए ।   

‘लोकतन्त्रका लागि हार्न तयार हुने बीपी कोइरालालाई फर्किएर हेर्नुस् नेपाली कांग्रेसका मेरा श्रद्धेय नेताज्यूहरू,’ उनले भने, ‘सामन्तवादमात्रै होइन, पार्टीभित्र हाबी हुने सामन्तवादले पनि हामीलाई उँभो लाग्न दिँदैन भन्ने कमरेड मदन भण्डारीलाई सम्झन म नेकपा एमालेका श्रद्धेय मेरा नेताहरूलाई अनुरोध गर्न चाहन्छु ।’

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ३० बजे

साताको कार्टुन : खिल निकाल्ने वर्ष

काठमाडौँ – काठमाडौँ उपत्यकाका सार्वजनिक क्षेत्र ओगटेर बनेका अव्यवस्थित बस्ती

आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

काठमाडौँ- वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ

राधास्वामीको टहरामा सुकुम्बासी: टेन्टभित्रको रात, खाजामा भुजा र चिया

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि घरबारविहीन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ घण्टाको अवधिमा २

रुखबाट लडेर वृद्धको मृत्यु

बाजुरा– बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु