समाजलाई अगाडी बढाउन महिलाको विशेष भूमिका रहेको छ : उपप्रधानमन्त्री सिंह  « Khabarhub

समाजलाई अगाडी बढाउन महिलाको विशेष भूमिका रहेको छ : उपप्रधानमन्त्री सिंह 


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अगाडी बढाउनमा महिलाहरूको विशेष भूमिका रहेको बताएका छन् । 

नेपाल महिला संघ काठमाडौं क्षेत्र नं १ ले बुधबार नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिले प्राप्त परिवर्तनमा महिलाहरूको भूमिका विशिष्ट रहेको भन्दै तीजको शुभकामना व्यक्त गरे ।

‘अहिले यातायातको सुविधा बढेकाले आवतजावत गर्न सहज छ । पहिला बाटोघाटो नहुँदा विवाह पछि माइत जान पनि विशेष पर्व आउनुपर्ने । विशेषगरि तीजमा माइत गएर आफन्तसँग बसेर गीत र नृत्यमार्फत आफ्नो सुख दुख व्यक्त गर्ने परम्परा हो,’ उनले भने, ‘विशेष गरी दिदिबहिनीहरुले यो पर्व मनाउँदा तीजको मान्यतालाई तलमाथि नपर्ने गरी, मौलिकता नबिर्सीकन तीज मनाउँदा राम्रो हुन्छ भन्ने मलाई लागेको छ ।’ 

चेलीबेटीहरूले तीजमा गीत र नृत्यमार्फत सुखदुख अभिव्यक्त गर्ने परम्परा रहेको भन्दै उहाँले तीज मनाउँदा यसको मौलिकता बिर्सन नहुनेमा जोड दिए ।

उनले काठमाडौं क्षेत्र नं १ मा संघ, प्रदेश र स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन यो क्षेत्रका महिलाहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै आभार पनि व्यक्त गरे  । 

उपप्रधानमन्त्री सिंहले तीज महिलाहरूका लागि विशेष पर्व रहेको भन्दै मौलिकता जोगाएर तीज मनाउन सुझाव दिए । उनले तीज मनाउँदै गर्दा यसरी भेला भएर गाउन पाउने, नाच्न पाउने अधिकारका लागि नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहसहितका महिला नेतृहरूको भूमिका बिर्सन नहुने पनि बताए  । 

‘पुरुष सरह सम्पूर्ण अधिकार प्राप्त गर्ने मात्र होइन कि अधिकारसँगे आफूले पूरा गर्नुपर्ने जिम्मेवारीमा पनि महिलाहरू सजग हुनुपर्छ,’ उनले भने । ने

पाल महिला संघकै कारण महिलाहरूको मताधिकार पाएको, छोरीलाई पनि छोरा सरह पढ्न पाउने अधिकार सुरक्षित भएको र छोरीको सम्पत्तिमा हक स्थापित भएको पनि महिला संघलाई कार्यक्रम आयोजनाका लागि धन्यवाद दिए । 

कार्यक्रममा कांग्रेस नेतृ कल्याणी रिजाल, मंगलादेवी सिंह फाउण्डेसनकी अध्यक्ष सिर्जना सिंह, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, शान्ता ढकाललगायतले तीजको अवसरमा शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ५ : १८ बजे

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर– पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै ‘शून्य