जाडोमा च्यवनप्राश खाँदा के फाइदा ? « Khabarhub

जाडोमा च्यवनप्राश खाँदा के फाइदा ?


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाडोयाममा चिसो तथा रुघाखोकीसहित श्वासप्रश्वासजन्य स्वास्थ्य समस्याको जोखिम हुन्छ । कम रोग प्रतिरोधात्मक क्षमता भएकाहरूमा त यसको जोखिम अझ बढी हुन्छ ।

मौसम परिवर्तनका क्रममा अचानक तापक्रम तलमाथि हुन्छ, जसले गर्दा रुघाखोकी, चिसो तथा फ्लूजस्ता संक्रमण लाग्ने गर्छ ।  यस्ता रोगहरूसँग लड्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ । बदलिँदो मौसममा रोग प्रतिरोधी क्षमता बढाउन डाबर च्यवनप्रास एक प्रभावकारी उपाय हुन सक्ने कम्पनीको दाबी छ । 

कम्पनीका अनुसार डाबर च्यवनप्रास चिकित्सकीयरूपमा परीक्षण गरिएका ४१ भन्दा धेरै आयुर्वेदिक जडीबुटीहरूबाट बनाइएको छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।  यसको सेवनले ब्याक्टेरिया, भाइरस, धुलोधुवाँ र मौसम परिवर्तनबाट दैनिकरूपमा लाग्न सक्ने संक्रमण (रुघाखोकी, चिसो आदि)  बाट जोगाउँछ ।

डाबर च्यवनप्रासमा धेरै ’रासायन’ जडीबुटीहरू समावेश गरिएको छ, जसले ’इम्युनोमोड्युलेटरी इफेक्ट’बाट विभिन्न प्रकारका संक्रमणहरूलाई रोक्न मद्दत गर्ने कम्पनीको दाबी छ । 

डाबरले च्यवनप्रासको प्रभावबारे थुप्रै चिकित्सकीय अध्ययनहरू पनि गरेको छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन र मौसमी संक्रमण तथा नाकको एलर्जीसहितका संक्रमणका लागि च्यवनप्रास निकै फाइदाजनक रहेको पुष्टि गरिसकेको छ ।

कम्पनीबाट जारी गरिएको विज्ञप्तीमा भनिएको छ कि, ‘डाबर च्यवनप्रासमा रहेका मुख्य तत्वमा अमला रहेको छ, जुन प्रतिरोधी क्षमता विकास गर्ने गुणका लागि परिचित छ । साथै यसमा गुडुची, पिप्पली, शतावरी, विदारिकण्ड, हरिताकी, कान्तकारी, काकडसिङ्घी, भूम्यामालकी, वासाका, पुष्करमूल, पृष्णिपर्णी, शालापर्णी आदि जस्ता अन्य तत्त्वहरू समावेश छन् । जसले श्वासप्रश्वास प्रणालीको सामान्य संक्रमण र एलर्जीलाई कम गर्न मद्दत गर्छन् । यी सामग्रीहरूको समिश्रणले च्यवनप्रासलाई जाडोयाममा स्वास्थ्यलाई प्रतिरक्षा प्रदान गर्ने एक उत्तम मिश्रण बनाएको छ । यसका साथै डाबर च्यवनप्रासले फोक्सोको शक्ति बढाउनमा पनि काम गर्न सक्छ ।’ 

प्रतिरक्षा बुस्टर

डाबर च्यवनप्रासको सेवनले शरीरको प्राकृतिक प्रतिरोध प्रणालीलाई बलियो बनाउन सहयोग गर्छ ।  च्यवनप्रासले संक्रमणबाट जोगाउन त सहयोग गर्छ नै सहज श्वासप्रश्वासको मार्ग सफा गरेर आरामदायीरूपमा श्वास फेर्न पनि मद्दत गर्छ । च्यवनप्रासले शरीमा हेमोग्लोबिन र सेतो रक्तकोषयको उत्पातनमा पनि सहायता गर्छ, जुन संक्रमणसँग लड्नका लागि महत्त्वपूर्ण हुन्छ ।

एक चम्चा डाबर च्यवनप्रास, फाइदा अनेक 
डाबर च्यवनप्रास ४१ भन्दा धेरै आयुर्वेदिक जडीबुटीको समिश्रणबाट बनाइएको हो । अमलामा आधारित यसमा रहेका पिप्पली, अश्वगन्धा, शतावरी, मुलेठी, गिलोयजस्ता जडीबुटीहरू छन् ।

च्यवनप्रास एक पौष्टिक जाम हो, जसलाई आयुर्वेदले निकै राम्रो स्वास्थ्य लाभका लागि सिफारिस गरेको छ । संस्कृतमा प्राश शब्दको अर्थ विशेष रूपमा तयार गरिएको खाना हुन्छ । मान्छेलाई जवानीमा फर्काउमा दुईजना प्राचीन ऋषिहरूले वृद्ध ऋषि च्यवनलाई तयार पारेका हुन् । त्यसैकारण यसको नाम च्यवनप्रास रहन गयो ।

जडीबुटीलाई कोशिकाहरूमा लैजान सहयोग गर्न च्यवनप्रासमा घिउ, तिलको तेल र महलाई उत्प्रेरक एजेन्टको रूपमा प्रयोग गरिएको छ । यसमा रहेको भिटामिन सी र एन्टिअक्सिडेन्टले निकै राम्रो स्वास्थ्य लाभ दिने प्रमाणित भइसकेको छ ।

पाचन प्रणालीमा सहयोग गर्छ

डाबर च्यवनप्रासले पाचन प्रणालीलाई सुधार गर्न निकै महत्त्वपूर्ण भूमिका खेल्छ । ग्यासहरूको  स्वस्थ सञ्चालन र नियमितरूमा विकारहरू हटाउन यसले सहयोग गर्छ । यसका साथै यसले ब्लड सुगर र कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्छ ।  यो मेटाबोलिज्मलाई सक्रिय बनाउन पनि निकै राम्रो पूरक हो ।

छालामा निखार आउँछ

च्यवनप्रासले तपाईंको शरीरमा भएको विषाक्त पदार्थलाई बाहिर हटाएर तपाईं छालामा चकमता ल्याउन सहयोग गर्छ । साथै यसमा भएको अमला, घिउ र महले  तपाईंको छालालाई स्वस्थ राख्न मद्दत गर्छ । यसको नियमित सेवनले तपाईंको छालामा पक्कै निखार आउने छ ।
 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ६ : १५ बजे

पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पतालमा भर्ना

ढाका– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई छातीमा सङ्क्रमणको समस्या देखिएपछि

रसुवागढी नाकास्थित ‘बेलिब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

रसुवा– नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलिब्रिज तयारीको कामले तीव्रता

सुमनराज अर्याल बने मुख्यसचिव

काठमाडौं- सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। एकनारायण

सुदूरपश्चिमका जोश ब्राउन गोल्डेन डक आट, सोमापलले लिए विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्धको

चितवनमा थपिए २२ हजार मतदाता

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि