कोटेश्वर चोक सुधार्न जापानको ऋण स्वीकृत, बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझा पदमुक्त « Khabarhub

मन्त्रिपरिषद्का २५ निर्णय :

कोटेश्वर चोक सुधार्न जापानको ऋण स्वीकृत, बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझा पदमुक्त


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले दुई दिनअघि (भदौ २ गते) बसेको मन्त्रिपरिषद्‌ बैठकका २५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम्‌ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन्‌ ।

पछिल्लो मन्त्रिपरिषद्‌ बैठकले गरेका दुई निर्णय सार्वजनिक सरोकारमा महत्व राख्ने खालका छन्‌ । काठमाडौँको भित्री चक्रपथमा यात्रा गर्दा कोटेश्वर चोकमा सास्ती ब्यहोर्नु परिरहेको अवस्था हटाउन सरकारले जापान सरकारबाट तीन अर्ब आठ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सकार्ने निर्णय गरेको हो ।

यसैगरी; स्वार्थसमूहको आडभरोसा, उक्साहट र दबाबमा नक्कली कागजात पेश गरी नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न पुगेको आरोप खेपेका शरद्‌ ओझालाई पनि मन्त्रिपरिषद्‌ बैठकले पदमुक्त गरिदिएको छ ।

ओझाले खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको देखिएको मन्त्रिपरिषद्‌को निर्णयमा उल्लेख छ ।

मन्त्रिपरिषद्‌ पछिल्लो बैठकको निर्णय :

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ६ : १५ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको