रवि भेटेपछि प्रचण्डले भने- अलिक दुब्लाउनु भएछ, अनुहार राम्रै देखेँ « Khabarhub

रवि भेटेपछि प्रचण्डले भने- अलिक दुब्लाउनु भएछ, अनुहार राम्रै देखेँ


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।

बुधबार साँझ नख्खु कारागारमा पुगेर प्रचण्डले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग कारागारको बसाइ र उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

रविले त्यसक्रममा आफूलाई भैरहवा कारागारमा गोलघर भित्रजस्तै राखिएको बताएका थिए । अहिले नख्खुमा आफूलाई धेरै सहज भएको जवाफ रविले दिएको प्रचण्डले बताएका छन्। भैरहवाको बसाइले रविको अवस्था जटिल भएर उनी दुब्लाएको आफूले महसुस गरेको प्रचण्डले सुनाए ।

‘भैरहवामा उहाँको स्वास्थ्य बिग्रिएको रहेछ। तर यहाँ आएपछि सुधार हुँदैछ भन्नुभयो’, प्रचण्डले भने, ‘उहाँ अहिले दुब्लाउनु भएको छ। अनुहार भने राम्रै देखिन्छ।’

लामिछानेलाई गत साउन ३१ गते भैरहवा कारागारबाट अड्डासार गरेर नख्खु कारागार ल्याइएको थियो। बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा उनी २०८१ चैत २५ गतेदेखि भैरहवा कारागारमा थिए ।

लामिछानेले अड्डासारको निवेदन दिएपछि उनलाई ललितपुरमा सारिएको हो । सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा उनलाई चैत २५ गते भैरहवा कारागार चलान गरिएको थियो ।

लामिछानेले गत जेठ १४ गते नै रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए। अदालतले पनि जेठ १६ गते अड्डासारको अनुमति दिएको थियो । तर सरकारले सुरक्षा व्यवस्थापनमा समस्या देखाएर समय लगाएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ६ : ४१ बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग