नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे « Khabarhub

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई रुपन्देहीको भैरहवा कारागारमा गोलघरमा झैँ राखिएको गुनासो गरेका छन् ।

बुधबार भेट्न पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको कुराकानीमा उनले सरकारबारे यस्तो गुनासो गरेका हुन् ।

बुधबार साँझ नख्खु कारागारमा पुगेर प्रचण्डसँग पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भैरहवा कारागारको बसाइमा भएको पीडा सुनाएका हुन् । उनले आफू भैरहवामा हुँदा स्वास्थ्य अवस्था पनि गम्भीर रुपमा बिग्रिएको बताएका छन् ।

‘रविजीले आफूलाई भैरहवा कारागारमा गोलघर भित्रजस्तै राखिएको बताउनुभयो,’ प्रचण्डले भने, ’भैरहवामा हुँदा स्वास्थ्यमा पनि समस्या देखियो । अहिले नख्खुमा धेरै सहज भएको छ ।’

भैरहवाको कष्टकर बसाइले रविको अवस्था जटिल भएर उनी दुब्लाएको आफूले महसुस गरेको पनि प्रचण्डले सुनाए ।

‘भैरहवामा उहाँको स्वास्थ्य बिग्रिएको रहेछ। तर यहाँ आएपछि सुधार हुँदैछ भन्नुभयो’, प्रचण्डले भने, ‘उहाँ अहिले दुब्लाउनु भएको छ। अनुहार भने राम्रै देखिन्छ।’

चार महिना बढी समयदे‍खि जेलको बासले घाम देख्न नसकेका रविको शरीरमा भिटामिन ‘डी’को कमी भएर समस्या आएपछि मंगलबार एकजना चिकित्सक नख्खु पुगेका थिए ।

स्वास्थ्यमा सावधानी अपनाउनु जरूरी रहेको भन्दै रविलाई सुझाव दिन ट्रमा सेन्टरका डा. जितेन्द्रप्रसाद यादव नख्खु कारागार पुगेका थिए ।

भैरहवा कारागारमा बाहिरको हावा र घाम देख्न नपाउँदा बिरामी परेको रास्वपाका एक नेताले बताएका छन् । शरीरमा घामको कमीले स्वास्थ्यमा समस्या देखिएको उनले बताएका थिए ।

रविले आफूलाई भैरहवाको अँध्यारो कोठामा राखिएको बताएका छन् । त्यहीकारण शरीर पहेँलो देखिएपछि जन्डिसको आशंका गरिए पनि भिटामिन ‘डी’ कमी भएको चिकित्सकले बताएका छन् ।

के हो गोलघर ?

नेपालमा जेल प्रशासनको भाषामा यो विशेष एकान्त कक्ष हो । जसलाई जेलको सबैभन्दा उच्च निगरानी क्षेत्र भनिन्छ । गोलघर जेलभित्रकै उच्च सुरक्षा वा सजायस्वरूप प्रयोग हुने कक्ष हो । जहाँ साधारण कैदीभन्दा विशेष निगरानी राखिन्छ।

गोलघरमा राखिनेहरू

गम्भीर अपराधमा संलग्न व्यक्ति – हत्या, बलात्कार, ठूलो आर्थिक अपराध वा समाजलाई बढी खतरा पुर्‍याउनेहरू।

बारम्बार समस्या सिर्जना गर्ने कैदी – जेलभित्र झगडा गर्ने, अराजकता मच्चाउने, वा सुरक्षालाई चुनौती दिनेहरू।

उच्च सुरक्षा आवश्यक पर्ने कैदी – भाग्ने जोखिम धेरै भएको वा बाहिरबाट दबाब/आत्मघाती आक्रमणको खतरा भएकाहरू।

अनुशासन भंग गर्ने कैदी – जेल प्रशासनको आदेश नमान्ने, नियम तोड्ने वा प्रतिबन्धित सामान प्रयोग गर्नेहरू।

विशेष परिस्थितिका कैदी – कतिपय अवस्थामा नयाँ कैदीलाई छानबिन वा स्वास्थ्य कारणले पनि अस्थायी रूपमा त्यहाँ राखिन्छ।

गोलघरको अवस्था

सामान्य कोठाभन्दा धेरै कडा निगरानी हुन्छ।

बाहिर आउन–जान सक्ने स्वतन्त्रता सीमित हुन्छ।

कैदीहरूलाई अरूसँग भेट्न वा बोल्न रोक लगाइन्छ।

खाना, पानी र स्वास्थ्यको आधारभूत सुविधा दिइन्छ तर नियन्त्रित हुन्छ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ६ : ५४ बजे

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै