भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण « Khabarhub

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतले आफ्नो पहिलो अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल अग्नि–५ को सफल परीक्षण गरेको छ। बुधवार ओडिशाको चान्दीपुरस्थित इन्टिग्रेटेड टेस्ट रेन्जमा यसको परीक्षण सम्पन्न भएको हो।

यो मिसाइल मल्टिपल इन्डिपेन्डेन्टली टार्गेटेबल री–एण्ट्री भेइकल प्रविधिमा आधारित छ। यसको अर्थ यसलाई एकैपटक धेरै लक्ष्यतर्फ हान्न सकिन्छ। अग्नि–५ को पहिलो परीक्षण अप्रिल २०१२ मा गरिएको थियो।

यसको दायरा ५००० किलोमिटर रहेको छ। यस मिसाइलले पाकिस्तान, चीन, टर्की लगायतका देशसम्म प्रहार गर्न सक्छ।

२९ हजार ४०१ किलोमिटर प्रतिघण्टाको गति

अग्नि–५ भारतको पहिलो र एकमात्रै अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल हो। जसलाई रक्षा अनुसन्धान तथा विकास संगठन ९डीआरडीओ० ले बनाएको हो। यो भारतसँग रहेको लामो दूरीको मिसाइलहरूमध्ये एक हो।

मिसाइलको दायरा ५००० किलोमिटर छ। यसले एकैपटक धेरै हतियार बोक्न सक्छ। यो मिसाइल डेढ टनसम्मको आणविक हतियार बोकेर प्रहार गर्न सक्षम रहेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ। यसको गति म्याक २४ छ, अर्थात् आवाजको गतिभन्दा २४ गुणा बढी। प्रयोग गर्न सजिलो भएकाले देशको जुनसुकै ठाउँमा तैनाथ गर्न सकिने भारतीय सेनाले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ८ : २४ बजे

सानेपामा भेला हुँदै कांग्रेस संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टीका नेताहरू

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा