रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते « Khabarhub

रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

क्षेत्रीय सैनिक प्रशासनका प्रमुख सेर्गी लिसाकले बताएअनुसार, रूसले ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी आवासीय क्षेत्रहरूमा आक्रमण गरेको थियो, जसबाट भवनहरूमा क्षति पुगेको छ र आगलागीसमेत भएको छ ।

युक्रेनभर हवाई आक्रमणको सतर्कता जारी गरिएको छ । राजधानी किभ वरपरका क्षेत्रमा पनि आक्रमण भएको छ ।

किभ क्षेत्रीय सैनिक प्रशासन प्रमुख मिकोला कालाशनिकले भने , ‘सत्रु पक्षले आत्मघाती ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी शान्तिपूर्ण बस्तीहरूलाई निशाना बनाएको छ ।’

त्यसैगरी, दक्षिण युक्रेनको सहर माइकोलाइभमा पनि यस्तै प्रकारको हमला भएको भए पनि मानवीय क्षति नभएको जानकारी नगरप्रमुखले दिए।

रुसी अधिकारीहरूले भने, युक्रेनी सेनाले भोल्गोग्राद र रोस्तोभ क्षेत्रमा ‘ठूलो स्तरको हमला’ प्रयास गरेको तर त्यसलाई सफलतापूर्वक रोकिएको दाबी गरेका छन् । साथै, साराटोभ क्षेत्रमा एक जना सामान्य रूपमा घाइते भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  १ : ४३ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस