वीरगञ्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो ३० अर्ब « Khabarhub

वीरगञ्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो ३० अर्ब


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्ज महानगरले चालु आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजित गरिएको बजेट पुनःनिर्माणमा केन्द्रित गरेको छ । महानगरले गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा भएको तोडफोड र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि बजेट खर्च गर्ने भएको हो । 
    
शनिबार आयोजना गरेको नगरसभाको २८औँ विशेष अधिवेशनले पुनःनिर्माणसम्बन्धी प्रस्तावलाई सर्वसम्मत पारित गरेको जनाएको छ । जेन-जी समूहले प्रदर्शनका क्रममा यहाँका भवन र सवारिसाधन तोडफोड र लुटपाट भएको थियो । 

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरको संशोधित बजेट पेस गर्दै बजेटका प्राथमिकतासमेत परिवर्तन गर्नुपरेको बताए। महानगरको १७औँ नगरपरिषद्ले यसअघि आव २०८२-८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजारको बजेट विनियोजन गरेको थियो ।
    
विशेष अधिवेशनले बजेटमा भएका नगरस्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडास्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनःनिर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ । संशोधनपश्चात् करिब रु ३० करोड पुनःनिर्माणका लागि उपलब्ध हुने भएको छ ।
    
संशोधित बजेटले प्रशासनिक भवन निर्माण, सवारिसाधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर तथा फर्निचर खरिद, कार्यालय भवन मर्मत, गाडी भाडा, बिजुली बत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च गर्ने प्रावधान गरेको छ । 
    
विशेष अधिवेशनले जेन-जी प्रदर्शनका क्रममा काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका गरेका वीरगञ्ज महानगरपालिका वडा नं १२ का असहाब आलमको परिवारलाई रु पाँच लाख उपलब्ध गराउने प्रस्ताव पारित गरेको छ । 
 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  २ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै