सुदन गुरूङ नेतृत्वको हामी नेपाल भन्छ- महेश बस्नेतले झूटो बोल्दैछन् « Khabarhub

सुदन गुरूङ नेतृत्वको हामी नेपाल भन्छ- महेश बस्नेतले झूटो बोल्दैछन्


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेन-जी आन्दोलनबाट चर्चामा आएका सुदन गुरुङ नेतृत्वको हामी नेपाल संस्थाले नेकपा एमालेका नेता महेश बस्नेतलाई झुठो बोल्ने व्यक्तिको संज्ञा दिएको छ।

बस्नेतले शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित संविधान दिवस मनाउने कार्यक्रममा हामी नेपालका संयोजक सुदन गुरूङ पार्टीमा आउने गरि कुरा भइरहेको बताएका थिए ।

बस्नेतको उक्त दाबीपछि हामी नेपालले फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै सुदनले बस्नेतसँग कहिल्यै कुरा नगरेको भनेको छ।

यससँगै भविष्यमा कहिल्यै पनि बस्नेतसँग कुरा नहुने दाबी गरिएको छ। हामी नेपालले बस्नेतलाई नचिनेको र सम्मान पनि नगर्ने जनाएको छ।

महेशलाई अफवाह फैल्याउन बन्द गर्न पनि हामी नेपालले चेतावनी दिएको छ । बस्नेतको पछिल्लो गतिविधिले जेन–जी आन्दोलनमा त्याग र बलिदानी गरेकाको अपमान भएको उसले जनाएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ३ : ३५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा