मनिता मृत्यु प्रकरण : चिकित्सकको पक्षमा काउन्सिल, निर्णय एकपक्षीय भएको पीडितको आरोप | Khabarhub Khabarhub

मनिता मृत्यु प्रकरण : चिकित्सकको पक्षमा काउन्सिल, निर्णय एकपक्षीय भएको पीडितको आरोप

मुद्दा उपभोक्ता अदालतमा विचाराधीन 


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

उपचार क्रममा गरिएको लापरवाहीका कारण श्रीमती मनिता शर्माको मृत्यु भएको भन्दै श्रीमान सुवास पराजुलीले मेडिकल काउन्सिलमा दिएको उजुरीमा काउन्सिलले पीडकको पक्षमा निर्णय सुनाएको छ । 

एभरेष्ट अस्पताल काठमाडौंमा उपचार क्रममा गरिएको चिकित्सक र अस्पतालको लापरवाहीमाथि अनुसन्धान गरी कारवाही गरी पाउँ भन्दै मृतकका श्रीमान सुबासले अघिल्लो वर्षको पुस महिनामा मेडिकल काउन्सिलमा निवेदन दिएका थिए । 

न्यायका लागि भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, काठमाडौं मेडिकल अस्पताल, मानव अधिकार आयोग, संघीय संसद सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नेपाल मेडिकल एशोसिएसन, एभरेष्ट अस्पताल बानेश्वर हुँदै उपभोक्ता अदालतसम्म उजुरी दर्ता गराएका पराजुलीले अहिले नेपाल मेडिकल काउन्सिलले एकपक्षीय निर्णय गर्दै आफूमाथि अन्याय गरेको बताएका छन् । 

उपभोक्ता अदालतमा विचाराधीन मुद्दामा गत २३ गते एकपक्षीय बेरितपूर्वक भएको निर्णय खारेज गरी पुनर्विचार गर्न माग गरेका छन् । 

एकपक्षीय सुनवाई गर्दै निर्णय भएको र आफूले प्रस्तुत गरेको ७७ पृष्ठ प्रमाणको मूल्यांकन नभएको र काउन्सिल तथा आचारसंहिता समितिले न्यायका प्राकृतिक सिद्धान्त विपरित अनुचित प्रभावमा परी निर्णय भएको देखिएको भन्दै पुनरावलोकनको माग गरेका छन् । 

उपचारमा लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै एभरेष्ट अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डा. ज्योत्सना शर्मा तिवारीविरुद्ध उपभोक्ता अदालतमा परेको मुद्दा विचाराधीन छ । 

शल्यक्रियामार्फत स्वस्थ शिशु जन्म दिएकी ४१ वर्षीया मनिता शर्माको अस्पताल प्रशासन र प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. शर्मा तिवारीको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका श्रीमान पराजुलीले ५ करोड रुपैयाँ क्षतिपूर्ति मागसहित उपभोक्ता अदालतमा गत जेठ २५ गते मुद्दा दायर गरेका थिए । 

उक्त मुद्दामा २ पटक सुनुवाइ हुँदा पनि अदालतले फैसला गर्न सकेको छैन । तर काउन्सिलको निर्णयले थप पीडा थपेको भन्दै पीडित परिवारले न्याय खोजेको छ । 

यस्तो छ काउन्सिलको निर्णय 

उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको भन्दै चिकित्सकका तर्फबाट कुनै किसिमको लापरवाही नगरेको पाइएको काउन्सिलले बताएको छ । 

पीडितले गत पुस २९ गते काउन्सिलमा दिएको उजुरी अनुसार छानबिन गर्दा निवेदक र अस्पतालबाट उपलब्ध सम्पूर्ण कागजातहरू, उपचारमा संलग्न चिकित्सक र निवेदकसँग काउन्सिलमा उपस्थित भई गरिएको प्रत्यक्ष लिखित बयान, विषय विज्ञजनबाट प्राप्त रायको आधारमा नेपाल मेडिकल काउन्सिल, व्यवसायिक आचरण तथा स्वास्थ्य समितिको मिति २०८२ साउन २३ गतेको समितिको सिफारिस बमोजिम नेपाल मेडिकल काउन्सिलको २०८२ भदौ १२ गते बसेको पूर्ण बैठकले उपचारमा संलग्न चिकित्सकहरूलाई निर्दोष साबित गरेको छ । 

निवेदक उजुरीकर्ता सुवास पराजुलीले मिति २०८१ ९ २९ गते एभरेष्ट हस्पिटल प्रा.लि नयाँ बानेश्वरमा कार्यरत चिकित्सक डा. ज्योत्सना शर्माविरुद्ध दिनुभएको निवेदन उपर निवेदक तथा अस्पतालबाट उपलब्ध सम्पूर्ण कागजातहरु, उपचारमा संलग्न चिकित्सक र निवेदकसँग काउन्सिलमा उपस्थित भई गरिएको प्रत्यक्ष लिखित बयान, प्राप्त तथ्यहरू साथै विषयविज्ञले दिनुभएको राय अनुसार काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा नियमित चेकजाँच गर्ने गरेको र उक्त दिन डा. ज्योत्सना शर्मा बिदामा रहेको भन्ने बयान दिएको र एभरेष्ट अस्पतालमा उपचार गरेको पाइयो । 

निज ४१ बर्षिया मनिता शर्मा दोस्रो पटकको गर्भावस्थामा नियमित जाँच गराइरहनुभएको थियो सोही क्रममा ३४ हप्ताको गर्भावस्थामा sever preeclampsia superimposed on chronic hyprtension निदान भई सोको आकस्मिक उपचार गरिएपछि तत्काल सिजर सेसन गरियो जुन यस्तो अवस्थामा गरिने स्ट्यान्डर्ड म्यानेजमेन्ट हो । 

अप्रेशन अगाडिको इन्भेष्टिगेशन अनुसार बिरामीको lft deranged देखिए पनि आरएफ टी पनि राम्रो रहेको र पिसाबमा पनि हेल्प सिण्ड्रोमको सम्भावन देखिएको थिएन । 

अप्रेशन पश्चात बिरामीको अवस्थामा जटिलता आई eclamptic seizure आएको र इन्भेष्टिगेशनमा हेल्प सिण्ड्रम भएको देखिन्छ ।

त्यसैको परिणाम स्वरुप रगतमा हेमोग्लोविन र प्लेटलेट कम lFT / RFT deteriorate हुँदै गयो यो अवस्थाको आवश्यक उपचार antihypertensive, magneseium sulphate, साथै ICU मा राखेर close monitoring / supportive treatment गरिएको देखिन्छ।

  त्यसका बावजुद पनि बिरामीको जटिलता बढ्दै गएर बिरामीको मृत्यु भएको देखिएकाले उपलब्ध मेडिकल रेकर्ड र रिपोर्टहरुको आधारमा यो केशमा उपचारमा लापरवाही भएको देखिँदैन । काउन्सिलको निर्णयमा भनिएको छ । 

तर पीडित पक्षले भने आफूले पेश गरेको प्रमाणहरूलाई बेवास्ता गर्दै एकतर्फी निर्णय गरेको आरोप लगाएको छ । मृतकका श्रीमान सुवासले सबै पक्षबाट पीडकलाई जोगाउने प्रयास भएको बताएका छन् । 

 के हो मनिताको घटना ?
नेपाल बैंकमा उप–प्रबन्धक पदमा कार्यरत मनिता २०८० सालमा बच्चा जन्माउने र परिवार वंश अघि बढाउने योजनाअनुसार गर्भ रहेबाटै काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी अस्पताल)  मा डा. ज्योत्सना शर्मासँगै चेकजाँच र परीक्षण गरिएको थियो।

गर्भमा रहेको बच्चामा समस्या देखिएको भन्दै डा. शर्माकै सुझावमा ०८० असार १५ मा गर्भपतन गराइएको पीडितको भनाइ छ ।
उक्त गर्भपतन पश्चात आमा मनिताको मृगौला, रगत, पिसाबजस्ता विभिन्न परीक्षण गर्दा स्वास्थ्य सामान्य देखिएको थियो ।

पहिलो गर्भपतनपछि अर्को बच्चा जन्माउने सल्लाह गर्दा डा. शर्माले केएमसीको साटो एभरेष्ट अस्पतालमा बोलाएपछि ०८० असार २९ मा अस्पताल गएर एउटा सन्तान गुमाइसकेका पराजुली दम्पतीले अर्को सन्तान जन्माउनका लागि परामर्श लिएका थिए ।

अर्को सन्तान जन्माउँदा बच्चा र आमाको स्वास्थ्यमा कुनै किसिमको कमी नहोस् भनेर उनीहरूले बच्चा पेटमा बसेदेखि नै डा. शर्माले भने अनुसार गरिरहेका थिए । उनै डाक्टरले भनेअनुसारको औषधीहरु सेवन गरेको तथा बोलाएको बेलामा नियमित फलोअपमा गइरहेको पीडितको भनाइ छ ।

बच्चा जन्मिने समय नजिकिँदै गएकाले ०८१ मंसिर १६ मा डेलिभरी गरौं भन्दा डाक्टर शर्मा पोखरा जानुपर्ने र आमाको स्वास्थ्य अवस्था सामान्य रहेकाले मंसिर २५ गते दिउँसो ३ बजेको समय दिएर एभरेष्ट अस्पताल बोलाइएको थियो । 

तर मनितालाई अत्याधिक पेट दुख्न थाल्यो र डा.लाई फोन गर्दा नउठेको डा. कै भनाई अनुसार उनीहरू केएमसी अस्पताल गएका थिए । 

डा.शर्मा केएमसी अस्पतालको गाइनो डिपार्टमेन्ट प्रमुख भएको र सोही अस्पतालमा उपस्थित हुँदाहुँदै पनि आफूहरुलाई फेरि एभरेष्टमै जान भनेपछि बिरामीलाई २ः१५ मा एभरेष्टमा ल्याएर लिभर जाँच लगायत विभिन्न परीक्षण गरिसकेपछि ४ः३० मा मात्रै डाक्टरले अस्पतालमा आएर ५ः १७ मा सर्जरी गरेपछि छोरीको जन्म भएको केही समयमा बिरामीको स्वास्थ्यमा गम्भिर समस्या आई मृत्यु भएको थियो । 

पत्नी मनिताको मृत्युपछि डा. शर्मालाई भेट्न खोज्दा आफूहरूलाई समय नै नदिएर भाग्न खोजेको मृतकका पतिको गुनासो छ । न्यायका लागि नेपाल मेडिकल काउन्सिल, केएमसी अस्पताल, मानव अधिकार आयोग, लगायत विभिन्न निकायमा निवेदन गरे पनि कुनै सुनुवाइ नभएपछि उनीहरूले उपभोक्ता अदालतमा मुद्दा दायर गरेका छन् , जुन अहिले पनि विचाराधीन रहेको छ । 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ४ : ३५ बजे

यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत

काठमाडौं – अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको

भक्तपुरमा १७ दिने दसैँ व्यापार मेला सुरु

भक्तपुर– भक्तपुर नगरपालिका-७ को महेश्वरी खेल मैदानमा आजदेखि दोस्रो भक्तपुर

स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था (तस्बिरहरू)

काठमाडौं– भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरूले

हुम्लामा आउन छोडे चिनियाँ च्याङ्ग्रा, खसीको मूल्य आकासियो

सिमकोट– कोरोना सङ्क्रमण भएपछि सदरमुकाम सिमकोटसहित हुम्लाभरि चिनियाँ च्याङ्ग्रा आउन

जलेका भवन टालटुल गरेर प्रयोगमा नल्याउन विज्ञको चेतावनी

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट देशभर २ हजार ७९ वटा