मधेस प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति « Khabarhub

मधेस प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशसभाको बैठक यही असोज ७ गते मंगलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ ।

जनकपुरधाममा आज मधेस प्रदेश सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा सो सहमति भएको प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।

मधेस प्रदेशसभाका सबै राजनीतिक दलले सङ्घीयताको विषयमा एक रहनाका साथै सकारात्मक सन्देश प्रवाह गर्न बैठक आह्वान गर्ने निर्णय भएको सभामुख मण्डलले बताए।

जेन-जी प्रदर्शनका क्रममा मधेस प्रदेशसभामा आगजनी एवं तोडफोड तथा लुटपाट भएका कारण रु ४० करोड बढीको क्षति भएको र क्षतिग्रस्त संरचनाको तत्काल सामान्य मर्मत गरेर प्रदेशसभा बैठक आव्हान गर्ने सहमति भएको सचिवालयले जनाएको छ ।

बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी थिए ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ४ : ५५ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा