चमन सीमाबाट अफगान शरणार्थी फेरि फर्किन थाले « Khabarhub

चमन सीमाबाट अफगान शरणार्थी फेरि फर्किन थाले


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यसअघि भएको घातक बम विस्फोटपछि स्थगित भएको चमन सीमा हुँदै अफगान शरणार्थीहरूको फिर्ती शुक्रबार पुनः सुरु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । उक्त विष्फोटमा छ जनाको ज्यान गएको पाकिस्तानी पत्रिका डनले जनाइएको छ ।  

सीमावर्ती सहरको ट्याक्सी स्टेसनमा शक्तिशाली विस्फोट भए पछि बिहीबार फिर्ता प्रक्रिया रोकिएको अधिकारीहरूले बताएका छन् । 

ठूलो सङ्ख्यामा अफगानहरू घर फर्कन पाकिस्तान–अफगान सीमामा भेला भएको अवस्थामा विस्फोट भए पछि स्वदेश फिर्ता स्थगित गरि उनीहरूको सुरक्षाका लागि उक्त स्थानबाट स्थानान्तरण गरिएको अधिकारीहरूले जनाएका छन् । 
 
सहायक आयुक्त चमन इम्तियाज बलूचले विस्फोटको पुष्टि गर्नु भएको छ भने प्रहरीले प्रारम्भिक अनुसन्धानले घटना स्थलका पसलहरू बाहिर विस्फोटक पदार्थहरू राखिएको जनाएको छ ।   

सुरक्षा चिन्ता र कडा सीमा व्यवस्थापनको आवश्यकतालाई उद्धृत गर्दै पाकिस्तानले गत वर्ष कागजात विहीन अफगान नागरिकहरूलाई फिर्ता गर्ने अभियान सुरु गरेको थियो । सरकारी तथ्यांक अनुसार कानुनी कागजात बिना १० लाख भन्दा बढी अफगानीहरू पाकिस्तानमा बसिरहेका छन् । 

यो नीति लागू भएदेखि दशौँ हजारलाई चमन र तोरखाम सीमाबाट स्वदेश फिर्ता गरिएको डनले जनाएको छ । अधिकारीहरूले अभियानको उद्देश्य वैध भिसा र शरणार्थी कार्ड भएका व्यक्तिहरूको मात्र पाकिस्तान बसाइ सुनिश्चित गरी गैर कानुनी रुपमा बस्दै आएकाहरुलाई फिर्ता गर्नु रहेको जनाएका छन् ।  

यद्यपि, मानव अधिकारवादीहरूले नीतिलाई अप्रत्याशित तथा कठोर भन्दै आर्थिक कठिनाइ र आधारभूत सेवाको अभावका कारण अफगानिस्तानहरुले अनिश्चित भविष्यको सामना गर्नु परेको चेतावनी दिएका छन् ।
 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ५ : ४७ बजे

सरकारका प्रवक्ताको जवाफ : सुकुम्बासी बस्ती हटाउने निर्णय भएको छैन

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुम्बासी हटाउने तयारी गरिरहेका

चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्तिे

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि भएको दुर्व्यवहार, धम्की

खानेपानी परियोजनालाई एडीबीबाट ऋण लिन वार्ता टोली गठन गरिने

काठमाडौं – सरकारले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि

बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण

इस्लामावाद – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको एक अन्वेषण तथा

सरकारी विज्ञापन निर्णयविरुद्ध पत्रकार महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– नेपाल पत्रकार महासंघले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई