लहान नगरपालिकाद्वारा विपन्न दलित समुदायलाई सहयोग | Khabarhub Khabarhub

लहान नगरपालिकाद्वारा विपन्न दलित समुदायलाई सहयोग


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहान नगरपालिका–१५ स्थित लङ्ग्राहा मुसहरी टोलका शिवशङ्कर सदायका बाबुआमाको एक हप्ताको फरकमा निधन भएपछि नगरपालिकामार्फत आइतबार राहत सामग्री तथा नगद सहयोग प्रदान गरिएको छ । सत्तरी वर्षीय बौधु सदायको निधनपछि क्यान्सरबाट पीडित उनकी श्रीमती कुमारीको पनि ७ दिनभित्रै निधन भएको थियो ।

 श्रीमान्को मृत्युको पीडा सम्हाल्दै गर्दा आफैँ पनि गम्भीर क्यान्सरबाट जुधिरहेकी कुमारीको निधनले परिवारलाई दोहोरो पीडामा डुबायो । तर, यस दुःखद घडीमा नगरपालिका उनीहरूको सहारा बनेको छ ।

दैनिक ज्यालादारी गरेर जीविका चलाउँदै आएका शिवशङ्करले नगरबाट प्राप्त सहयोगले बाबुआमाको मृत्यु कर्म गर्न सहज हुने बताए ।

उनले नगरको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘हामी गरिब मजदुर, न जग्गा छ, न जमिन । नगरपालिकाले दिएको चामल, दाल, नुन, तेल र खर्चले यो दुःखको समयमा धेरै सहज भयो । दुई जना गुमाउँदा घरमै चुलो बाल्न मुस्किल थियो ।’

नगर प्रमुख महेश चौधरी आफैँ पीडितको घरमा पुगेर एक क्विन्टल चामल, दाल, नुन, तेललगायत खाद्यान्न वितरण गर्नुका साथै किरिया खर्चका लागि जनही रु पाँच/पाँच हजार पनि दिने व्यवस्था मिलाइएको बताए  । उस्तै पीडा लहान–२४ मल्हन मुसहरी टोलमा पनि भएको छ ।  

चार दिनअघि ७८ वर्षीय तेजीलाल सदायको निधन भयो । उनको परिवारलाई पनि नगरप्रमुख चौधरी घरमै पुगेर आइतबार राहत सामग्री र नगद सहयोग प्रदान गरे  । मृतक तेजीलालका छोरा प्रभु सदायले भने, ‘बुवाको नागरिकता छ, तर मलाई अहिलेसम्म नागरिकता नै बनेको छैन । आमा पहिल्यै बिएकी हुन् । सनाखत गर्ने कोही नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन । नगरपालिकाबाट सहयोग मिल्ला भन्ने आशा छ ।’ 

यसबारेमा वडाध्यक्ष राशलाल रायले प्रभु सदायको नागरिकता बनाउने प्रक्रियामा पहल गर्ने आश्वासन दिए ।

नगर प्रमुख चौधरीका अनुसार नगरपालिकाभित्रका दलित, विपन्न तथा विशेष गरी मुसहर समुदायमा कसैको मृत्यु भएमा नियमित राहत तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ । ‘मैले नगरप्रमुखको जिम्मेवारी सम्हालेदेखि हरेक दुःखद घडीमा साथ दिने प्रयास गरेको छु । मृतकका परिवारलाई सहयोग गर्नु हाम्रो सामाजिक दायित्व हो,’ चौधरीले भने ।

नगरपालिकाले मृतक परिवारप्रति सहानुभूति प्रकट गर्दै, आगामी दिनमा यस्ता सहयोगलाई अझ संस्थागत र व्यवस्थित ढङ्गले अघि बढाइने जनाएको छ । 

दलित, मुसहर जस्ता समुदाय, जहाँ मृत्यु भोजका लागि पनि चामल जुटाउन मुस्किल पर्छ । नगरप्रमुख चौधरी यस्ता घरमा आफैँ पुग्छन्, राहत दिएर मात्रै होइन, सान्त्वना दिएर फर्किन्छन् । 

उनले अगाडि भने, ‘सामाजिक न्याय केवल योजनामा होइन, व्यवहारमा देखिनुपर्छ । हामी हरेक मुसहर, दलित परिवारको पीडामा सहभागी हुन खोजिरहेका छौँ ।’ रासस
 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ११ : २६ बजे

गृहमन्त्री अर्यालले भने- कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई छैन 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन भन्दा माथि बस्ने छुट केपी

प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

बनियानी– इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी

सुन्दर सपना बोकेर इजरायल गएका विपिन कफिनमा फर्किए

काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको आठौँ सेमेस्टरमा अध्ययनरत कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका