म मात्रै होइन मेरो पार्टीका कोही भाग्दैनन्, सरकारमा बसेका पनि कोही भाग्दैनन् : दीपक खड्का « Khabarhub

म मात्रै होइन मेरो पार्टीका कोही भाग्दैनन्, सरकारमा बसेका पनि कोही भाग्दैनन् : दीपक खड्का


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफू र आफ्नो पार्टीका कोही पनि मान्छे नभाग्ने बताएका छन् । केही सञ्चार माध्यममा उनी भागेको भन्ने समाचार प्रकाशन भएपछि काठमाडौं स्थित आफ्नै निवासमा सार्वजनिक अभिव्यक्ति दिँदै उनले सो बताएका हुन् । 

‘मलाई के थाहा छ भने म मात्रै होइन मेरो पार्टीका मान्छे कोही भाग्दैन, सरकारमा बसेका मान्छे पनि कोही भाग्दैनन्, भाग्नुपर्ने कोही कारण छैन’, उनले भने, ‘मैले भने आन्दोलनका विषयमा तत्कालीन सरकारले निर्णय नै गर्‍या छ छानबिनका लागि, अब भाग्नु के लाई पर्‍यो ? किन पर्‍यो ?’

उनले आफ्नो विषयमा लेखिएका समाचारहरूलाई लिएर मिडिया देखेर दया लागेको टिप्पणी गरेका छन् । साथै, उनले गृहमन्त्री कानुनको विषयमा राम्रै जानेको भन्दै उनले सो भने कि भनेनन् भनी प्रश्न गरेका छन् । 

‘त्यो अंगले मेरा विषयमा जुन समाचार सम्प्रेषण गर्‍यो, मलाई असाध्यै दया लाग्छ, मुलुकलाई कहाँ लगिरहेका छौँ ? सत्तामा बस्ने सत्ताहिन मान्छेहरूले, हुन त मेरो नाम कोड गरेको देख्दिन, पूर्व उर्जामन्त्री भनेर मैले पेपर मै हेरेको त्यो पनि उहाँले भन्नुभयो कि भन्नुभएन त्यो पनि मलाई थाहा भएन’, उनले भने, ‘उहाँ कानुनको विद्यार्थी हुनुहुन्छ अरे भन्ने सुन्या छु, कानुनी राज्यको विषयमा राम्रै जान्नुहुन्छ गृहमन्त्रीज्यू ।’

पूर्व मन्त्री खड्काले आफू भाग्नुपर्ने कुनै कारण नभएको भन्दै व्यवसाय गरेर आफूलाई खान लाउन पुग्छ भन्ने भएपछि मात्रै आफूले राजनीति गरेको भन्दै आफू भ्रष्टाचारका विरुद्ध अभियान लिएर जाने व्यक्ति भएको पनि दाबी गरे ।

‘म के कारणले भाग्नुपर्‍यो ? मैले गरेका निर्णयहरू म पदमा हुँदा पदमा नहुँदा मैले गरेका व्यापार व्यवहारहरू, मैले राजनीति सुरु गरेकै आयआर्जन चाहिन्छ भनेर व्यवसाय गरेर व्यवसायले अब मलाई खान लाउन पुग्छ भनेर म सुरु गर्‍या मान्छे हो’, सायद भ्रष्टाचारका विरुद्ध सबैभन्दा बढी अभियान नै लिएर जाने मान्छे हो म, तपाईँहरूले हेर्नुभएको छ भने ।’

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  १२ : ०६ बजे

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा– जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१