वार्ताका क्रममा अपमानजनक व्यवहार भएको भन्दै निजी स्वास्थ्य संस्थाको आपत्ति  « Khabarhub

वार्ताका क्रममा अपमानजनक व्यवहार भएको भन्दै निजी स्वास्थ्य संस्थाको आपत्ति 


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले नर्सहरूको तलब स्केल सम्बन्धी आन्दोलनका विषयमा भइरहेको औपचारिक वार्ताका क्रममा आफुहरुमाथी अपमानजनक व्यवहार भएको बताएका छन् । 

एशोसिएन अफ मेडिकल एन्ड डेन्टल कलेज नेपाल  र एसोसिएसन अफ प्राइभेट हस्पिटल्स इन नेपाल (अफिन) ले संयुक्त विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयको आयोजनामा कार्यदलस्तरको वार्ताका क्रममा आन्दोलनरत पक्षबाट माफि लेखिएका प्लेकार्ड देखाउने, अपमानजनक शब्द प्रयोग गर्ने र अनुचित व्यवहार प्रकट गरिएको घटना अस्वीकार्य भएको बताएका छन् ।

हामी सधैं संवाद, सहकार्य र आपसी सम्मानका आधारमा समस्या समाधानमा विश्वास गर्छौं । नर्सहरूको योगदानको उच्च सम्मान गर्दै उनीहरूको जायज मागप्रति पनि हामी सकारात्मक छौं, तर यस्तो व्यवहारले वार्ताको वातावरण बिगारेको छ जारी विज्ञप्तिमा भनिएको छ । 

संयुक्त विज्ञप्तिअनुसार, यस्तो व्यवहारका कारण निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू वार्ताको कक्षबाट बाहिरिन बाध्य भएका थिए ।

संस्थाहरूले घटनाको जिम्मेवारी राज्य पक्षकै कमजोरी र असन्तुलित व्यवस्थापनका कारण उत्पन्न भएको दाबी गर्दै भनेका छन् ‘सरकारले समयमै दिगो नीति, समान व्यवहार र स्पष्ट कार्यविधि नल्याएकै कारण यस्तो अवस्था सिर्जना भएको हो । त्यसैले सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ’।

संस्थाहरूले देशभरका निजी अस्पतालहरू निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेकाले आगामी दिनमा पनि सरकार र स्वास्थ्यकर्मीहरूसँग सहकार्यका माध्यमबाट न्यायोचित समाधान खोज्ने प्रतिबद्धता जनाएका छन् ।

तर, उनीहरूले भविष्यमा यस्ता अपमानजनक व्यवहार दोहोरिएमा आफ्नो स्वाभिमान र सदस्य संस्थाहरूको प्रतिष्ठा जोगाउन आवश्यक कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् । संयुक्त विज्ञप्तिमा मेडिकल कलेजहरूका तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की  र अफिनका तर्फबाट उपाध्यक्ष हरिप्रसाद रिजालले हस्ताक्षर छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  १२ : २४ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको