गंगा दाहालले प्रचण्डको सचिवालयबाट दिइन् राजीनामा « Khabarhub

गंगा दाहालले प्रचण्डको सचिवालयबाट दिइन् राजीनामा


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन्।

उनले आइतबार सामाजिक सञ्जालमार्फत् विज्ञप्ति जारी गर्दै आफ्नो राजीनामाको घोषणा गरेकी हुन्।

गंगाले पछिल्लो समयमा आफूविरुद्ध विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भ्रामक समाचार र चरित्र हत्या गर्ने अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।

उनले लेखेकी छन्, ‘म, बुवा (कमरेड प्रचण्ड)को सचिवालयमा भाइ प्रकाश दाहालको निधनपछि पार्टीको निर्णयअनुसार जिम्मेवारी लिएर आएकी थिएँ। मम्मी सीता दाहाल बिरामी हुनुहुन्थ्यो, त्यसैले हेरचाहसँगै सचिवालयमा रहेर सकेसम्म निस्वार्थ भावले काम गरेँ।’

गंगाले सचिवालयमा रहँदा सबैको भावना अनुरूप काम गर्न नसकिएको स्वीकार गर्दै आत्मआलोचना गरेकी छन्।

उनले भनेकी छन्, ‘म गर्वका साथ भन्छु, मैले आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिल्यै काम गरिनँ। सहयोगीको रूपमा राम्रो गर्ने कोसिस गरेँ, तर जति विवादरहित भएर काम गर्न खोजे पनि विवादमा त पर्नैपर्ने रहेछ।’

विज्ञप्तिमा उनले आफू र परिवारविरुद्ध भइरहेको भ्रामक प्रचारप्रति आपत्ति जनाएकी छन् । ‘कहिले लाखौंको ब्याग भनिन्छ, कहिले लाख पर्ने घडी। मैले त्यस्ता सामान कहिल्यै किनिनँ। साथीहरूले जन्मदिनमा दिएको उपहार थियो, त्यो पनि जलेर खरानी भइसकेको छ, तर अझै पनि त्यही कुरा दोहोर्याएर प्रहार गरिन्छ।’

गंगाले योजनाबद्ध रूपमा आफूलाई देखाएर माओवादी केन्द्र र संयोजक प्रचण्डविरुद्ध प्रचार भइरहेको आरोप लगाउँदै त्यसकै विरोधस्वरूप सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएको बताएकी छन्।

उनले भनेकी छन्, ‘संयोजक र पार्टीविरुद्ध भइरहेका योजनाबद्ध प्रहारका कारण मैले सचिवालयबाट राजीनामा दिएको हुँ। तर पार्टीकी जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहनेछु।’

गंगाले सचिवालयमा रहँदा सहयोग गर्ने सबै पार्टी नेता, कार्यकर्ता र आम नागरिकप्रति आभार पनि प्रकट गरेकी छन्।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  २ : १५ बजे

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका