बोखिमका किसानलाई नौ हजार किलो उन्नत आलुको बीउ वितरण « Khabarhub

बोखिमका किसानलाई नौ हजार किलो उन्नत आलुको बीउ वितरण


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई नौ हजार किलो उन्नत जातको आलुको बीउ वितरण गरिएको छ । 

स्थानीयस्तरमा उत्पादन हुँदै आएको आलुमा रोग र कीराको सङ्क्रमण बढेपछि वडा कार्यालयले किसानलाई प्रोत्साहन गर्न बीउ वितरण गरेको हो । वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार बोखिमका करिब ३५० भन्दा बढी किसानलाई मागको आधारमा काभ्रेबाट ल्याइएको आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

वडाले यसअघि तरकारी तथा फलफूल उत्पादनमा आवद्ध किसानलाई विभिन्न कार्यक्रममार्फत प्राविधिक सहयोग गर्दै आएको जनाएको छ । उन्नत बीउ वितरणसँगै किसानलाई रोग व्यवस्थापन, मलको प्रयोग र भण्डारण प्रविधिबारे प्रशिक्षण दिने तयारीसमेत वडाले गरेको छ ।

विगतमा खेती गरिरहेको आलुमा रोगको सङ्क्रमण बढेको अवस्थामा उन्नत जातको बीउ पाउँदा खुसी लागेको स्थानीय किसान गणेशकुमार विकले बताए । आलु भण्डारणका क्रममा कीरा पर्ने समस्या रहेकाले नयाँ बीउ लगाएपछि त्यो रोगबाटमुक्त हुने आशा रहेको उनले बताए। 

‘हाम्रो गाउँमा हरेक घरमा आलु खेती हुन्छ’, उनले भने,’तर रोगले गर्दा उत्पादन घटेको थियो । नयाँ बीउ लगाउँदा उत्पादन राम्रो हुने र कीरा कम हुने आशा गरेका छौँ ।’

 बोखिम क्षेत्रमा अधिकांश किसान आलु, मकै र तरकारी खेतीमा निर्भर छन् । यहाँको उचाइका कारण आलु खेती उपयुक्त भए पनि गुणस्तरीय बीउ र कीरा नियन्त्रणको ज्ञान अभावमा किसानले समस्या भोग्दै आएका छन् । 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ३ : ०१ बजे

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

वालिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून

काँक्रेविहार– कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई