गृहमन्त्री अर्यालले भने- कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई छैन  « Khabarhub

गृहमन्त्री अर्यालले भने- कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई छैन 


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका छन् । 

सोमबार सिंहदरबारमा जेन-जी आन्दोलनका घाइतेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले देशका हरेक नागरिकले कानुन मान्नुपर्ने भन्दै कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका हुन् । 

उपत्यका छाड्न नपाउने निर्देशन सरकारको नभई छानबिन आयोगको भएको उनको भनाइ छ ।  त्यस्तै मन्त्री अर्यालले जेन-जी आन्दोलनका क्रममा लुटिएका हातहतियार राजनीतिक दलले राखेको भनेर आफूले नभनेको उल्लेख गर्दै हातहतियार सङ्ग्रह गर्ने चाहना राख्ने केही दल हुनसक्ने अभिव्यक्ति दिएको स्पष्ट पारे ।

 मुलुक हिंसाको नभई अहिंसाबाटै अघि बढ्ने भएकाले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन दलहरूमा चेत आउनुपर्ने उनको भनाइ छ । 

अर्यालले  सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको समयमा दीपक खड्का देश बाहिर रहेको र अन्तर्वार्ता प्रकाशित भएका बेला स्वदेश फर्किएको दाबी समेत गरे । यसबारे स्वयं खड्कालाई नै प्रश्न गर्न उनले सञ्चारकर्मीलाई सुझाव दिए।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ४ : ३३ बजे

भक्तपुर दरबार स्क्वायरमा पर्यटक (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ