अर्थसंक्षेप : तिहारमा आरटीजीएस प्रणाली नरोकिने, मेची भन्सारबाट तीन महिनामा चार अर्ब १५ करोड राजस्व र चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनबाट हटाइए « Khabarhub

अर्थसंक्षेप : तिहारमा आरटीजीएस प्रणाली नरोकिने, मेची भन्सारबाट तीन महिनामा चार अर्ब १५ करोड राजस्व र चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनबाट हटाइए


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ।

पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महिनामा चार अर्ब ३६ करोड २८ लाख ५५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा चार अर्ब १५ करोड २० लाख आठ हजार असुली गर्न सफल भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ रु एक अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ असुली भएको छ।

आयातित सामानको मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९३, सडक मर्मत तथा सुधार दस्तुरतर्फ १३ करोड १७ लाख १२ हजार, आयातको अन्तः शुल्कतर्फ ११ करोड तीन लाख ५९ हजार ९३, निर्यातको भन्सार महसुलतर्फ १० करोड ६२ लाख १० हजार १२४ र पूर्वाधार करतर्फ ३९ करोड ५३ लाख ६० हजार राजस्व असुली भएको भन्सारको त्रैमासिक प्रगति विवरणमा जनाइएको छ।

आजपनि बढ्यो सुनको मूल्य

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

नर्भिकले बढायो नर्सहरूको तलब 

तिहारमा आरटीजीएस प्रणाली सञ्चालनमा रहने

तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी यही कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक विदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको हो।

भाइटीकाको दिन भने सो प्रणाली बन्द हुनेछ। उक्त प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ।

केन्द्रीय बैंकले यसअघि नै भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ प्रणाली सञ्चालनमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ।

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

फूलखेतीबाट मनग्य आम्दानी गर्दै सीताराम

बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनको पदबाट हटाइए

वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार संगठन (डब्लुटिओ)मा चीनका स्थायी प्रतिनिधि ली चेङ्गाङलाई पदबाट हटाइएको छ ।

यो निर्णय अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उनलाई ‘अस्थिर’ भनेर टिप्पणी गरेको केही दिनपछि आएको हो । यसको जानकारी सोमबार चिनियाँ राज्य सञ्चारमाध्यमहरूले दिएका छन् ।

गत अगस्टमा वासिङ्टन भ्रमणका क्रममा लीले अमेरिकी अधिकारीहरूलाई चेतावनीस्वरूप भनेका थिए, ‘यदि अमेरिकाले चिनियाँ जहाजहरूका लागि अतिरिक्त डकिङ शुल्क लागू गर्न खोज्यो भने, चीनले विश्वव्यापी प्रणालीमा अराजकता सिर्जना गर्न सक्छ ।’

अमेरिकी अर्थमन्त्री बेसेन्टले गत बुधबार सिएनबिसीसँगको अन्तर्वार्तामा उक्त प्रसङ्ग सार्वजनिक गर्दै उनको व्यवहारलाई ‘अलिक कमजोर र अस्थिर’ भन्दै टिप्पणी गरेका थिए ।

‘बुडापेस्ट शिखर सम्मेलनमा पुटिन र ट्रम्प सहभागी हुन सक्ने सम्भावना’

चीनको कम्युनिष्ट पार्टीको उच्चस्तरीय आर्थिक बैठक सुरु

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ६ : ३५ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला