चीनको कम्युनिष्ट पार्टीको उच्चस्तरीय आर्थिक बैठक सुरु « Khabarhub

चीनको कम्युनिष्ट पार्टीको उच्चस्तरीय आर्थिक बैठक सुरु


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- जनवादी गणतन्त्र चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीले दीर्घकालीन आर्थिक योजना र नीतिगत दिशा तय गर्न सोमबारदेखि चार दिने उच्चस्तरीय बैठक सुरु गरेको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा रहेको चीन अहिले सुस्त घरेलु खर्च, अचल सम्पत्ति क्षेत्रको दीर्घ सङ्कट तथा संयुक्त राज्य अमेरिकासँगको बढ्दो व्यापारिक तनावका बीचमा रहेको छ ।

यस्तो अनिश्चित परिस्थितिमा सुरू भएको यो बैठकलाई अर्थविश्लेषक र राजनीतिक पर्यवेक्षकहरूले निकै महत्त्वपूर्ण रूपमा हेरिरहेका छन् । केन्द्रीय समितिको यो अधिवेशनमा करिब २०० सदस्य र १७० वैकल्पिक सदस्य सहभागी रहेका छन् । पार्टीको प्रमुख नीतिगत उद्देश्य र आगामी आर्थिक रणनीतिको सङ्केतका लागि यो बैठक निर्णायक हुने अपेक्षा गरिएको छ ।

राष्ट्रपति सी जिन्पिङले बैठकको पहिलो दिन कार्य प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक र सामाजिक विकासका लागि आगामी १५औँ पञ्चवर्षीय योजनासम्बन्धी प्रस्तावहरूमा टिप्पणी गरेको राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । केन्द्रीय समितिले ‘प्लेनम’ भनेर चिनिने यस्तो बैठक बोलाएको सन् २०२२ मा आफ्नो वर्तमान कार्यकाल सुरु गरेपछि यो चौथो पटक हो ।

आगामी पञ्चवर्षीय योजनाले सन् २०२६ देखि २०३० सम्मको अवधिलाई समेट्नेछ, जसले राष्ट्रपतिद्वारा प्रवद्र्धित प्रविधिक आत्मनिर्भरता, आर्थिक सुदृढीकरण र सैन्य क्षमताको विस्तारजस्ता मुख्य लक्ष्यहरूलाई दिशा दिनेछ । बैठक यही बिहीबार समापन हुने तय गरिएको छ ।

त्यसपछि पार्टीले मुख्य निर्णय र निष्कर्षहरू समेटिएको विस्तृत प्रतिवेदन सार्वजनिक गर्नेछ । उक्त दस्तावेजले आगामी मार्च महिनामा चीनको व्यवस्थापिकाबाट औपचारिक स्वीकृति पाउने अपेक्षा गरिएको छ ।

यस योजनामा राजनीतिक, आर्थिक, सामाजिक तथा वातावरणीय लक्ष्यहरू समेटिनेछ, जसले चीनको दीर्घकालीन विकास नीतिको रूपरेखा तय गर्नेछ । यता, चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा देशको अर्थतन्त्र वार्षिक आधारमा ४.८ प्रतिशतले वृद्धि भएको छ ।

तर यो वृद्धि दर गत वर्षको सोही अवधिको तुलनामा सबैभन्दा सुस्त मानिएको छ । यसले अर्थतन्त्रमा रहेको दबाब अझ प्रष्ट पारेको विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ३ : १४ बजे

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत

विश्वकप लिग-२ : ओमानसँग कीर्तिपुरमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ

फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ

भैरहवा– सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार अभियुक्तलाई रुपन्देही