दुनाटपरी बेचेर आयआर्जन गर्दै महिलाहरू « Khabarhub

दुनाटपरी बेचेर आयआर्जन गर्दै महिलाहरू


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– यहाँको धनगढी उपमहानगरपालिका–५ जाई गाउँकी सरिता चौधरीलाई धनगढी बजारमा हाट लागेको दिन दुनाटपरी बेच्न भ्याइनभ्याइ हुन्छ । 
  
सालको पात गाँसेर बनाइने दुनाटपरीको आम्दानीले उनी सन्तुष्ट छिन्। उनले भनिन्, ‘दिनदेहाडी (दैनिक ज्याला) बराबरको रकम दुनाटपरी बिक्री गरेर भइहाल्छ, सीपको सदुपयोग गर्न सकेकोमा सन्तुष्ट छु ।’
 
धनगढी उपमहानगरपालिकाको जाई जालीलगायतका चौधरी समुदायका महिलाहरू पछिल्ला वर्षहरूमा दुनाटपरी तयार पारी बिक्री गरेर मनग्गे आम्दानी लिइरहेका छन् । दुनाटपरी बेचेर एक महिलाले दैनिक कम्तीमा रु ५०० देखि बढीमा रु एक हजारसम्म कमाइ गर्छन् ।
 
धार्मिक एवं पूजाआजामा दुनाटपरीलाई शुद्ध एवं चोखो मानिन्छ । चौधरी समुदायले दुनाटपरीमा खानाका परिकार राख्न बढी प्रयोग गर्ने भएकाले पनि दुनाटपरी अतिरिक्त आम्दानीको स्रोत बन्दै गएको हो । 

चाडपर्व, मेला, महोत्सवमा दुनाटपरीको माग बढी हुने गरेको छ । ‘हाट बजार हाम्रा लागि दुना टपरी बेच्ने केन्द्र बनेकाले बजारको समस्या छैन’, अर्की महिला राममतिदेवीले भनिन्, ‘महिलाहरू घरमा त्यसै बस्नुभन्दा हाटबजारमा पुगेर कमाइ गर्न सिकेका छौँ ।’
   
धनगढी उपमहानगरपालिका कार्यालयले महिलालाई दुनाटपरी उत्पादन गरेर कारोबार गर्नका लागि मेसिन उपलब्ध गराए पनि मेसिनमार्फत तयार हुने दुनाटपरी ग्राहकले त्यति नरुचाउने गरेको स्थानीयको भनाइ छ ।  
 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ६ : १५ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी