पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत « Khabarhub

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनले स्वागत गरेको बताएका छन् ।

कतारको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा पाकिस्तान र अफगानिस्तानले कतार र टर्कीको मध्यस्थतामा तत्काल युद्धविरामका लागि सहमति जनाएका छन् । यसबाहेक दुबै पक्षले यसको दिगोपना सुनिश्चित गर्न वार्ता जारी राख्नेछन्। पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले युद्धविरामको पुष्टि गर्दै अक्टोबर २५ मा इस्तानबुलमा दुई पक्षबीच अर्को चरणको वार्ता हुने बताएका छन् ।

“पाकिस्तान र अफगानिस्तान दुवै चीनका परम्परागत छिमेकी हुन् यसलाई नजरअन्दाज गर्न सकिँदैन,” गुओले भने । “चीन दुई देशबीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दछ र सम्बन्धित देशहरूले गरेको योगदानको प्रशंसा गर्दछ,” प्रवक्ता गुओले भने ।

“चीनले पाकिस्तान र अफगानिस्तानबीच आफ्ना मतभेदहरू समाधान गर्न, एक व्यापक र दिगो युद्धविराम हासिल गर्न र संयुक्त रूपमा दुवै देश र क्षेत्रको शान्ति र स्थिरताको रक्षा गर्न निरन्तर वार्ता र परामर्शको आशा र समर्थन गर्दछ,” उनले भने ।

“पाकिस्तान–अफगानिस्तान सम्बन्ध सुधार र अगाडि बढाउन रचनात्मक भूमिका निर्वाह गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न इच्छुक छ,” गुओले युद्धविराम पहलको स्वागत गर्दै यसमा चीनको पूर्ण सहयोग रहने बताए।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ७ : ५२ बजे

चक्रपथ विस्तार : नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्म ५० प्रतिशत काम सम्पन्न (तस्बिरहरू) 

काठमाडौं– चक्रपथ विस्तार अन्तर्गत नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्मको सडक

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज एक तोला सुनको मोल तीन लाख तीन

जन्तीसहित नागा बाबा पशुपति मन्दिर प्रवेश (तस्बिरहरू) 

काठमाडौं– महाशिवरात्रि नजिकिँदै जाँदा छिमेकी मुलुक भारतसहित नेपालका विभिन्न स्थानबाट

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौं– नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६

७ महिनामा सरकारको आम्दानीभन्दा खर्च सबा खर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष (आव) ०८२-८३ को ७ महिनामा सरकारको