मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल « Khabarhub

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम मानुङकोटमा पहाडी बस्ती विकास कार्यक्रमको योजना अघि बढाएको छ ।

प्रसिद्ध पर्यटकीय क्षेत्र मानुङकोटमा एकीकृत जग्गा विकास आयोजनाअन्तर्गत विकासका योजना अघि सारिएको हो । पर्यटकीयग्राम बनाउने उद्देश्यले नगर विकास कोषको बजेटमा स्थलगत सम्भाव्यता अध्ययन भइरहेको आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलले बताए ।

उनले भने, “पहाडी बस्ती विकासमा यो स्थान पहिलो रहेको छ, पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नगरपालिकाले प्रक्रिया अघि बढाइसकेको छ ।” जाडो महिनामा मानुङकोटमा पर्यटकको भीड हुने व्यास–५ वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।

उनले भने, “मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडो याममा कुहिरोले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन् ।”

जाडो मौसममा भने दैनिक सयौँको सङ्ख्यामा पर्यटक मानुङकोट पुग्ने गरेका छन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल खुुल्ने क्रम पनि बढिरहेको छ । मानुङकोटबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका बासिन्दाले गाउँ छाडेका थिए। बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको छ ।

सङ्घीय सरकारबाट चालु वर्षमा रु दुई करोड बजेट विनियोजन भएपछि यस स्थानमा पानी पु(याउने कार्य भइरहेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानीको ट्याङ्की निर्माण भइरहेको बताए ।

उनले भने, “यहाँको खानेपानीको समस्या सम्बोधन गर्न नगरपालिका प्रतिबद्ध छ । हामी स्थानीयलाई यही फर्कने वातावरण बनाउँदैछौँ । यहाँको खानेपानी समस्या सम्बोधन हुँदैछ ।”

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ८ : २९ बजे

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त

पश्चिम बंगालमा तृणमूलको गढ भत्किँदा केरलामा वाम पत्तासाफ, तामिल नाडुमा थलपति विजयको अभूतपूर्व उदय

काठमाडौं- भारतका विभिन्न ५ राज्य तथा केन्द्रशासित क्षेत्रमा सम्पन्न विधानसभा

जब उपचार कुरिरहेका वृद्ध वीर अस्पतालमा लाइन बस्दा-बस्दै ढले…

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारले देशभरका सरकारी कार्यालयबाट

सचिवालयको स्पष्टीकरण : प्रधानमन्त्रीले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्न निर्देशन दिएको होइन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध