विपिन जोशीको शव परिवारलाई बुझाइयो « Khabarhub

विपिन जोशीको शव परिवारलाई बुझाइयो


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन जोशीको पार्थिव शरीर सोमबार साँझ परिवारलाई बुझाइएको छ। नेपाली सेनाको टोलीले सम्मानका साथ शव हस्तान्तरण गरेको हो।

जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बझेका हुन्। उनको अन्त्येष्टि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली घाटमा गरिने परिवारले जनाएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका जोशीको मृत्यु गत असोज २७ गते इजरायली अधिकारीहरूले पुष्टि गरेका थिए।

युद्धविरामपछि हमासले इजरायली सेनालाई उनको शव हस्तान्तरण गरेको थियो। डीएनए परीक्षण र फरेन्सिक रिपोर्टबाट शव विपिनकै भएको प्रमाणित भएको हो।

नेपाल ल्याउनुअघि तेल अवीवमा उनलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ९ : १५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी