विपिन जोशीको शव परिवारलाई बुझाइयो « Khabarhub

विपिन जोशीको शव परिवारलाई बुझाइयो


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन जोशीको पार्थिव शरीर सोमबार साँझ परिवारलाई बुझाइएको छ। नेपाली सेनाको टोलीले सम्मानका साथ शव हस्तान्तरण गरेको हो।

जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बझेका हुन्। उनको अन्त्येष्टि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली घाटमा गरिने परिवारले जनाएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका जोशीको मृत्यु गत असोज २७ गते इजरायली अधिकारीहरूले पुष्टि गरेका थिए।

युद्धविरामपछि हमासले इजरायली सेनालाई उनको शव हस्तान्तरण गरेको थियो। डीएनए परीक्षण र फरेन्सिक रिपोर्टबाट शव विपिनकै भएको प्रमाणित भएको हो।

नेपाल ल्याउनुअघि तेल अवीवमा उनलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ९ : १५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको