लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात « Khabarhub

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च माग (पिक डिमाण्ड) १ हजार ६५० मेगावाट छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ः५० बजे देशभरको विद्युत् उच्च माग (पिक डिमाण्ड) १ हजार ६५० मेगावाट पुगेको हो।

गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १ हजार ६०२ मेगावाट पुगेको थियो। यस वर्षको माग गत वर्षको तुलनामा ४८ मेगावाटले बढेको प्राधिकरणले जनाएको छ।

लक्ष्मीपूजाको दिन आवश्यक सम्पूर्ण विद्युत् देशभित्रैका उत्पादन गृहबाट आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार देशको माग पूरा गरेपछि पिक समयमा १ हजार १५ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको छ। गत वर्ष सोही समयमा २५३ मेगावाट मात्रै निर्यात गरिएको थियो।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  १० : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै