लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात « Khabarhub

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च माग (पिक डिमाण्ड) १ हजार ६५० मेगावाट छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ः५० बजे देशभरको विद्युत् उच्च माग (पिक डिमाण्ड) १ हजार ६५० मेगावाट पुगेको हो।

गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १ हजार ६०२ मेगावाट पुगेको थियो। यस वर्षको माग गत वर्षको तुलनामा ४८ मेगावाटले बढेको प्राधिकरणले जनाएको छ।

लक्ष्मीपूजाको दिन आवश्यक सम्पूर्ण विद्युत् देशभित्रैका उत्पादन गृहबाट आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार देशको माग पूरा गरेपछि पिक समयमा १ हजार १५ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको छ। गत वर्ष सोही समयमा २५३ मेगावाट मात्रै निर्यात गरिएको थियो।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  १० : ५४ बजे

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत