अन्तर्राष्ट्रिय गाजा सुरक्षा बलमा सामेल हुन यमनलाई अमेरिकाको आग्रह « Khabarhub

अन्तर्राष्ट्रिय गाजा सुरक्षा बलमा सामेल हुन यमनलाई अमेरिकाको आग्रह


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको एक हिस्साका रूपमा गाजामा तैनाथ हुन लागेको अन्तर्राष्ट्रिय सुरक्षा बलमासामेल हुन यमनलाई अमेरिकाले आग्रह गरेको छ। शीर्ष अधिकारीसहित यमनका पाँच सरकारी स्रोतलाई उद्धृत गर्दै एएफपीले यो खबर लेखेको हो।

संयुक्त राष्ट्रसङ्घले यसै हप्ता ट्रम्पको शान्ति योजनालाई अनुमति दिने सङ्केत गरेको छ। यता अरब र मुस्लिम राष्ट्र प्यालेस्टिनी लडाकुसँग भिड्न सक्ने अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आइएसएफ) मा सहभागी हुन हिच्किचाइरहेका छन्।

यमनी सरकारले अझै कुनै निर्णय गर्न बाँकी रहेको यमनी कूटनीतिज्ञ, एक सैन्य अधिकारी र राष्ट्रपति नेतृत्व परिषद्का एक अधिकारीसहित स्रोतहरूले बताएका छन्।

उनीहरू सबैले नाम नबताउने सर्तमा संवेदनशील विषयमा छलफल गरेको बताएका छन्।

राष्ट्रपति परिषद् र यमनी कूटनीतिज्ञको एक स्रोतले भनेको छ, “बलमा कुनै पनि योगदान धेरै हदसम्म प्रतीकात्मक हुनेछ।”

एक वरिष्ठ सैन्य अधिकारीले भने, “यमनको ‘अन्तर्राष्ट्रिय सेनामा सहभागिताको बारेमा अमेरिकीहरूसँग छलफल गरिएको छ, तर हामीले अझै पनि सेनामा सामेल हुन आधिकारिक अनुरोध प्राप्त गरेका छैनौं’।”

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार धेरै हदसम्म खण्डित र कमजोर छ।

सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले राजधानी सानाबाट राष्ट्रसङ्घको समर्थन प्राप्त सरकारलाई लखेटेका थिए। हुथी समूहले अहिले यमनका अधिकांश जनसङ्ख्या र प्रशासनिक केन्द्रहरू नियन्त्रण गरेका छन्।”

हमास अन्तर्राट्रिय बलको स्थापनाको विरोधमा छ र हमासको सहयोगी हुथी समूह पनि उक्त बलमा यमनी सहभागिताबाट आक्रोशित हुने सम्भावना रहेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : ४९ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा