आज विश्व बाल दिवस « Khabarhub

आज विश्व बाल दिवस

अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ।

संयुक्त राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो।

राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ।

यस अवसरमा युनिसेफले विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवर्द्धन गर्न सबैलाई आह्वान गरेको छ। युनिसेफले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको छ।

यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालबालिकाका आवाजलाई सम्बोधन गर्न सबैलाई आग्रह गरेका छन्।

आज अफ्रिका औद्योगिकीकरण दिवस पनि हो। दिगो र समावेशी औद्योगिक प्रवर्द्धनलाई केन्द्रमा राखेर संयुक्त राष्ट्रसङ्घले अफ्रिकाको दिगो औद्योगिक विकासमा जोड दिएको छ।

अफ्रिकी अर्थतन्त्रलाई थप सक्षम बनाउन, उत्पादन क्षमता वृद्धि, रोजगारी सृजना, आर्थिक विविधीकरण र गरीबी न्यूनीकरणका विषयलाई यो दिवसमा विशेष रूपमा उठाइन्छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ६ : ३५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले