मधेशमा एमालेको छवि सुधार गर्न नयाँ जिम्मेवारीका साथ जानुपर्छ : सचिव भट्टराई « Khabarhub

मधेशमा एमालेको छवि सुधार गर्न नयाँ जिम्मेवारीका साथ जानुपर्छ : सचिव भट्टराई


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मधेशमा पार्टीको छविललााई सुधार गर्न नयाँ जिम्मेवारीका साथ जानुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा बिहीबार बिहान स्टाटस लेख्दै भट्टराईले भनेका छन्, ‘पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ़ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।’

भट्टराईले मधेस प्रदेशमा पार्टीले हालसम्म हासिल गरेको राजनीतिक प्रगतिका पछाडि अध्यक्ष केपी शर्मा ओलीको सूक्ष्म व्यवस्थापन र पार्टी नेताहरूको कठोर परिश्रम प्रमुख कारण रहेको बताएका छन्। भट्टराईले संविधान जारी भएको २०७२ सालपछि मधेस प्रदेश एमालेका लागि चुनौतीपूर्ण समय रहेको स्मरण गर्दै अहिले पार्टी उल्लेखनीय रूपमा पुनर्स्थापित हुन सफल भएको बताएका हुन्।

भट्टराईका अनुसार त्यो कठिन कालखण्डमा एमालेका नेता–कार्यकर्ता, कार्यालय तथा भौतिक संरचनामाथि पटक–पटक आक्रमण भए पनि संगठनले निरन्तरता दिँदै गएपछि पछिल्लो संसदीय र स्थानीय निर्वाचनमा पार्टीले मधेसमा उल्लेख्य प्रगति गरेको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एमाले १० सिटसहित पहिलो दल बनेको र प्रदेशसभामा २५ सिट जितेर अग्रस्थानमा उभिनुलाई उनले महत्त्वपूर्ण उपलब्धि बताएका छन्।

सचिव भट्टराईले मधेसमा प्राप्त सफलताको मुख्य श्रेय अध्यक्ष ओलीलाई जाने उल्लेख गर्दै भनेका छन्, “अध्यक्षले मधेसको काम व्यवस्थापन, जिम्मेवारी तोक्ने काम र संगठनगत संरचना मजबुत बनाउन निरन्तर ध्यान दिनुभयो ।” केन्द्रीय नेता रघुवीर महासेठसहित प्रदेश तथा जिल्लास्तरीय कमिटीको भूमिकालाई पनि उनले प्रशंसा गरेका छन्।

करिब १५ महिना मधेस प्रदेश इन्चार्जका रूपमा काम गर्दा संगठन व्यवस्थापन, प्रदेश र जिल्ला अधिवेशन, सदस्यता प्रणालीदेखि जनसंगठन सुदृढीकरणसम्म महत्त्वपूर्ण प्रगति भएको भट्टराईको दाबी छ।

भट्टराईले मधेसमा जातीय विभेद, महिला हिंसा, दलितमाथिको विभेद र वर्गीय उत्पीडनविरुद्ध एमालेले उठाएको विमर्श, भौतिक पूर्वाधार विकास तथा हिमाल–पहाड–तराई–मधेस एकताको पक्षमा गरिएको अभियानले एमालेप्रति जनता आकर्षित भएका उल्लेख गरे।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ८ : ३३ बजे

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा