दललाई जनतामा जान रोकेर निर्वाचन हुँदैन : डा. महत « Khabarhub

दललाई जनतामा जान रोकेर निर्वाचन हुँदैन : डा. महत


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दलहरूलाई जनतामा जान रोकेर निर्वाचन नहुने बताएका छन् ।

डा. महतले आगामी फागुन २१ गतेको निर्वाचन तयारीबारे प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बोलाएको सर्वदलीय बैठकमा उनले बाराको सिमरामा भएको घटनाप्रति लक्षित गर्दै गम्भीर प्रश्न उठाएका हुन् ।

बाराको सिमरामा बुधबार जेनजीका नाममा भएको घटनालाई उनले राजनीतिक पूर्वाग्रहको सङ्केतको रूपमा लिएका छन् ।उनले सरकार निर्वाचनका लागि आधारभूत पूर्वाधारमा केन्द्रित नभएको आरोप लगाए । 

यस्तो वातावरणले निर्वाचन सफल हुन कठिन बनाउने उनको भनाइ छ । उनले थपे, ‘दलको भूमिका जनतामा पुग्ने हो। त्यही काममा अवरोध आयो भने समस्या देखिन्छ । अहिलेको अवस्थाले निर्वाचनअनुकूल माहोल बनेको देखाएको छैन।’

उनले संविधानले जे व्यवस्था गरे पनि निर्वाचनमार्फत संसद् पुनःस्थापना गर्ने विकल्प कांग्रेसले स्वीकार गरिसकेको स्पष्ट पारे । ‘हामी निर्वाचनमा जान तयार छौँ, तर सरकारको तयारी शान्ति सुरक्षाको ग्यारेन्टी दिन सक्ने खालको छैन । यसअघि भएको छलफल र अहिलेको छलफलबीच खासै फरक पनि देखिएन’, उनले बैठकमा राखेको भनाइबारे भने ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : ५५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका