दललाई जनतामा जान रोकेर निर्वाचन हुँदैन : डा. महत « Khabarhub

दललाई जनतामा जान रोकेर निर्वाचन हुँदैन : डा. महत


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दलहरूलाई जनतामा जान रोकेर निर्वाचन नहुने बताएका छन् ।

डा. महतले आगामी फागुन २१ गतेको निर्वाचन तयारीबारे प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बोलाएको सर्वदलीय बैठकमा उनले बाराको सिमरामा भएको घटनाप्रति लक्षित गर्दै गम्भीर प्रश्न उठाएका हुन् ।

बाराको सिमरामा बुधबार जेनजीका नाममा भएको घटनालाई उनले राजनीतिक पूर्वाग्रहको सङ्केतको रूपमा लिएका छन् ।उनले सरकार निर्वाचनका लागि आधारभूत पूर्वाधारमा केन्द्रित नभएको आरोप लगाए । 

यस्तो वातावरणले निर्वाचन सफल हुन कठिन बनाउने उनको भनाइ छ । उनले थपे, ‘दलको भूमिका जनतामा पुग्ने हो। त्यही काममा अवरोध आयो भने समस्या देखिन्छ । अहिलेको अवस्थाले निर्वाचनअनुकूल माहोल बनेको देखाएको छैन।’

उनले संविधानले जे व्यवस्था गरे पनि निर्वाचनमार्फत संसद् पुनःस्थापना गर्ने विकल्प कांग्रेसले स्वीकार गरिसकेको स्पष्ट पारे । ‘हामी निर्वाचनमा जान तयार छौँ, तर सरकारको तयारी शान्ति सुरक्षाको ग्यारेन्टी दिन सक्ने खालको छैन । यसअघि भएको छलफल र अहिलेको छलफलबीच खासै फरक पनि देखिएन’, उनले बैठकमा राखेको भनाइबारे भने ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : ५५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको