कान्ति बाल अस्पतालले माग्यो करार कर्मचारी  « Khabarhub

कान्ति बाल अस्पतालले माग्यो करार कर्मचारी 


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्ति बाल अस्पतालले करार सेवामा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

बिहीबार एक सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०८२-०८३ का लागि स्वीकृत अस्थायी दरबन्दीअनुसार रिक्त रहेका पदमा पदपूर्ति गर्न ४२ जना कर्मचारीका लागि अस्पतालले दरखास्त आह्वान गरेको हो ।

अस्पतालको पदपूर्ति समितिको निर्णयअनुसार आठौँ तहका २४ जना मेडिकल अधिकृत, आठौँ तहकै एक जना बायोमेडिकल इन्जिनियर र पाँचौँ तहका १७ जना स्टाफ नर्सका लागि आवेदन मागिएको छ । नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले रितपूर्वक दरखास्त दिन सक्नेछन् ।

छनोट हुने कर्मचारीले नेपाल सरकारको प्रचलित स्केल बमोजिमको तलब सुविधा प्राप्त गर्ने अस्पतालले जनाएको छ । आवेदन दिन चाहने उम्मेदवारहरूले मंसिर ४ गतेदेखि मंसिर १८ गतेसम्म कार्यालय समयभित्र दरखास्त बुझाउनुपर्नेछ । 

आवेदनका लागि मेडिकल अधिकृत र बायोमेडिकल इन्जिनियर पदका लागि १ हजार २०० रुपियाँ तथा स्टाफ नर्सका लागि ७०० रुपियाँ दस्तुर तोकिएको छ । आवेदकले हिमालयन बैंकको महाराजगञ्ज शाखामा रहेको अस्पतालको खातामा रकम जम्मा गरेको सक्कल भौचर फारामसाथ पेस गर्नुपर्नेछ ।

उम्मेदवारहरूको छनोट लिखित परीक्षा र अन्तर्वार्ताका माध्यमबाट गरिनेछ । निवेदकले नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि स्वप्रमाणित गरी पेस गर्नुपर्नेछ ।

 विदेशबाट अध्ययन गरेकाहरूको हकमा भने समकक्षता निर्धारण भएको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : २३ बजे

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै नुवाकोट जाँदै

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर