कान्ति बाल अस्पतालले माग्यो करार कर्मचारी  « Khabarhub

कान्ति बाल अस्पतालले माग्यो करार कर्मचारी 


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्ति बाल अस्पतालले करार सेवामा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

बिहीबार एक सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०८२-०८३ का लागि स्वीकृत अस्थायी दरबन्दीअनुसार रिक्त रहेका पदमा पदपूर्ति गर्न ४२ जना कर्मचारीका लागि अस्पतालले दरखास्त आह्वान गरेको हो ।

अस्पतालको पदपूर्ति समितिको निर्णयअनुसार आठौँ तहका २४ जना मेडिकल अधिकृत, आठौँ तहकै एक जना बायोमेडिकल इन्जिनियर र पाँचौँ तहका १७ जना स्टाफ नर्सका लागि आवेदन मागिएको छ । नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले रितपूर्वक दरखास्त दिन सक्नेछन् ।

छनोट हुने कर्मचारीले नेपाल सरकारको प्रचलित स्केल बमोजिमको तलब सुविधा प्राप्त गर्ने अस्पतालले जनाएको छ । आवेदन दिन चाहने उम्मेदवारहरूले मंसिर ४ गतेदेखि मंसिर १८ गतेसम्म कार्यालय समयभित्र दरखास्त बुझाउनुपर्नेछ । 

आवेदनका लागि मेडिकल अधिकृत र बायोमेडिकल इन्जिनियर पदका लागि १ हजार २०० रुपियाँ तथा स्टाफ नर्सका लागि ७०० रुपियाँ दस्तुर तोकिएको छ । आवेदकले हिमालयन बैंकको महाराजगञ्ज शाखामा रहेको अस्पतालको खातामा रकम जम्मा गरेको सक्कल भौचर फारामसाथ पेस गर्नुपर्नेछ ।

उम्मेदवारहरूको छनोट लिखित परीक्षा र अन्तर्वार्ताका माध्यमबाट गरिनेछ । निवेदकले नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि स्वप्रमाणित गरी पेस गर्नुपर्नेछ ।

 विदेशबाट अध्ययन गरेकाहरूको हकमा भने समकक्षता निर्धारण भएको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : २३ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित