कर्फ्यूपछि पनि सिमरामा तनाव : ढुंगामुढा गर्दै प्रहरी बिट जलाइयो, कम्तीमा १० जना घाइते « Khabarhub

कर्फ्यूपछि पनि सिमरामा तनाव : ढुंगामुढा गर्दै प्रहरी बिट जलाइयो, कम्तीमा १० जना घाइते


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

कलैया, बारा– सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन-जी युवाहरूले गरेको प्रदर्शन उग्र बनेको छ । उनीहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ ।

सम्भावित जनधनको क्षति हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

तर उक्त कर्फ्यूको प्रभाव देखिएको छैन । सिमरामा तनाव बढ्दै गएको छ। कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ। जेन-जीका नाममा भएको प्रदर्शनका क्रममा प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर गरेको छ। प्रहरीमाथि पनि प्रदर्शनकारीले व्यापक ढुंगामुढा गरेका छन् ।

यस क्रममा ४ जना जेन-जी र ६ जना प्रहरी घाइते भएका छन् । सिमरा चोकबाट प्रदर्शनकारी युवाहरूको एक समूह विमानस्थलतर्फ अगाडि बढ्न खोजेपछि स्थानीयबासी रोकेका छन् ।

उता सिमरा बजारस्थित प्रहरीको बिट पनि जेन-जी प्रदर्शनकारीहरूले जलाइदिएका छन् । उता एमाले कार्यालयका सामान बाहिर निकालेर जलाइएको छ।

एमालेका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गर्न आलटाल गरेको आरोपसहित जेन-जीका नाममा भएको प्रदर्शन विध्वंशक भएको हो ।

उता जेन-जी बाराका संयाेजक भनिएका सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले संवादबाटै समस्याको समाधान गर्नुपर्ने भन्दै वार्तामा बोलाएका छन् ।






प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  २ : ३५ बजे

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको