अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम : डब्लूएचओ « Khabarhub

अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम : डब्लूएचओ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पूर्वी अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम रहनुका साथै डेङ्गु सङ्क्रमितहरूको सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको रिपोर्ट गरेको छ । नोभेम्बरमा मात्र एक हजार भन्दा बढी डेङ्गुका घटनाहरू रेकर्ड गरिएको द खामा प्रेसले रिपोर्ट गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार तुलनात्मक रुपमा गत महिना देखि नङ्गरहार प्रान्तमा डेङ्गुका घटनाहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । 

यसैबीच, पन्जाबका विभिन्न क्षेत्रमा डेङ्गुको उच्च जोखिम रहको छ भने मुल्तान र फैसलाबादले सबै भन्दा चिन्ताजनक अवस्थाको सामना गरिरहेको बताइएको छ । दक्षिण पन्जाबका चिकित्सा कार्यकर्ताहरूले पछिल्लो हप्ताहरूमा डेङ्गुका बिरामीहरूको सङ्ख्या लगभग दस गुणा बढेको पुष्टि गरेका छन् ।

मुलतानका प्रमुख सरकारी अस्पतालहरूमा डेङ्गुका कारण कयौँ बिरामीको मृत्यु भएको  चिकित्सक र वरिष्ठ जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।  

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ३ : १४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका