सिमरा तनावबारे प्रचण्ड : फागुन २१ को निर्वाचन बिथोल्ने कारण नबनोस्  « Khabarhub

सिमरा तनावबारे प्रचण्ड : फागुन २१ को निर्वाचन बिथोल्ने कारण नबनोस् 


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराको सिमरामा हिजोदेखि बढ्दै गएको तनाव र हिंसात्मक घटनाप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गम्भीर चासो देखाएका छन्। 

सामाजिक सञ्जालमार्फत बिहीबार प्रतिक्रिया दिँदै उनले स्थितिलाई नियन्त्रणबाहिर जान नदिन सबैलाई संयमता अपनाउन आग्रह गरेका छन्।

लोकतन्त्रमा विचार भिन्नता स्वाभाविक भए पनि राजनीतिक मतभेदलाई हिंसा वा उत्तेजनामा बदल्नु अस्वीकार्य हुने उनले बताएका छन् । 

उनले राजनीतिक स्वतन्त्रताको सम्मान हुने वातावरण बनाउन सरकारलाई ध्यानाकर्षण समेत गराएका छन्। राजनीतिक दलका कार्यकर्ता र नेताहरूलाई हिँडडुल गर्ने, सभा र कार्यक्रम गर्न पाउने सुनिश्चितता जरुरी रहेको प्रचण्डले बताएका छन् ।  

आगामी फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटना बाधक नबनोस् भन्नेमा सबै पक्ष जिम्मेवार बन्न उनले अपिल गरे। 

उनले स्थानीय पार्टी समितिहरूलाई तनाव न्यूनीकरणका लागि आवश्यक सहजीकरण गर्न निर्देशन दिएको बताएका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ३ : ४४ बजे

सुरक्षा परिषद्‍मै लापरबाही : एकातिर हातले मिति लेखियो, अर्कातिर २०८१ मै बैठक बस्यो !

काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठकपछि वक्तव्य निकाल्ने क्रममा

उपराष्ट्रपति यादवसँग युएईका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)

प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने- विद्रोहको बलमा बनेको सरकारलाई हाम्रो पूरा साथ छ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का

सवारी दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौं– काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु