बालाचतुर्दशीपछि सुरु गरियो पशुपति क्षेत्र सफाइ « Khabarhub

बालाचतुर्दशीपछि सुरु गरियो पशुपति क्षेत्र सफाइ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालाचतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा छरिएको शतबीजलगायत फोहर सफाइ सुरु गरिएको छ । 

बालाचतुर्दशीका अवसरमा मंगलबार बेलुकीदेखि पशुपति क्षेत्रमा रातभर दिवङ्गत पितृका नाममा महादीप दान गरी बसेका भक्तजनले बुधबार बिहान मृगस्थली, किरातेश्वर, गुह्येश्वरी, गौरीघाटलगायत विभिन्न स्थानमा शतबीज छरेका थिए । 

शतबीजलगायत बर्तालु रातभर पशुपति क्षेत्रमा बस्दा जम्मा भएको फोहरको सफाइ बुधबारदेखि नै सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले राससलाई जानकारी दिए । 

पशुपति क्षेत्रको मुख्य मन्दिर क्षेत्रदेखि सुरु गरिएको सफाइ अन्य स्थानमा पनि गरिने उनले सुनाए । केही दिनमै पशुपति क्षेत्रका सबै ठाउँमा गरिने कोषले जनाएको छ ।

 पशुपति क्षेत्रको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, भक्तजनलगायत सहभागी भएका छन् ।
 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : ४४ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग