एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाइ « Khabarhub

एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाइ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपका पदक विजेतालाई भेट गरी बधाइ दिएका छन् । 

भारतको झारखण्डमा कात्तिक ६ देखि ८ गतेसम्म भएको प्रतियोगितामा नेपालले २ रजत र ४ कांस्य पदक जितेको थियो ।

राजन रोकायले १० हजार मिटर दौड र सोमबहादुर कुमालले ८ सय मिटर दौडमा रजत पदक जितेका थिए । सन्तोषी श्रेष्ठले ५ हजार र १० हजार मिटर दौडमा कास्य पदक जितिन् । दुवै स्पर्धामा सन्तोषीले नयाँ राष्ट्रिय कीर्तिमान पनि स्थापित गरेकी थिइन् ।

मुकेश बहादुर पालले ५ हजार मिटर दौडमा कांस्य तथा मिक्स रिलेमा सोमबहादुर कुमाल, रामप्रसाद थारु, जयरानी थारु र रमिता थारु सम्मिलित टोलीले कांस्य पदक प्राप्त गरेको थियो । कार्यक्रममा राखेपका सदस्यत्रय प्रकाशकुमार कुसारी, अञ्जना श्रेष्ठ, हिमालकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : ५७ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग