प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने- विद्रोहको बलमा बनेको सरकारलाई हाम्रो पूरा साथ छ « Khabarhub

प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने- विद्रोहको बलमा बनेको सरकारलाई हाम्रो पूरा साथ छ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच बिहीबार भेटवार्ता भएको छ।

उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी समसामयिक राजनीतिक विषयमा कुरा राखेका छन् ।

‘विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ,’ महासचिव विप्लवले भने, ‘अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ। जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ।’

विप्लव नेतृत्वको नेकपा अहिले निर्वाचन आयोगमा नेकपा माओवादीका रुपमा दर्ता भएको छ । पुष्पकमल दाहाल प्रचण्डले माओवादी धार त्यागेका बेला आयोगले विप्लवलाई नेकपा माओवादी नामको पार्टी दर्ता गरेर दिएको हो । उनले रातो गुलाफ चुनाव चिह्न पाएका छन् ।

प्रधानमन्त्रीले बुधबार मात्रै निर्वाचनमा आयोगमा दर्ता भएकामध्ये ११० दलका प्रतिनिधिसँग लामो संवाद गरेकी थिइन् ।

उनले तीन पटकसम्म दलका नेताहरूसँग संवाद गरिसकेकी छन् । अब उनले दलका नेताहरूलाई अलग अलग बोलाएर छलफल थालेकी छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ७ : ३९ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त