उपराष्ट्रपति यादवसँग युएईका राजदूतको भेट « Khabarhub

उपराष्ट्रपति यादवसँग युएईका राजदूतको भेट


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सइद मुबारक जर्वान अल शम्सीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेपाल र युएईबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, श्रम, आर्थिक तथा बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीच आपसी विश्वास, मित्रता र सहयोगका आधारमा सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको उल्लेख गरे ।

सन् २०२५ अप्रिलमा युएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेइख अब्दुल्ला बिन जायेद अल नाह्यानले गरेको नेपालको भ्रमणलाई द्विपक्षीय सम्बन्धको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा स्मरण गर्दै राजदूत शम्सीले यस्ता भ्रमणले दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले रमजान महिनाका अवसरमा यस वर्ष युएई सरकारले २८६ नेपाली नागरिकलाई प्रदान गरेको आममाफीप्रति आभार व्यक्त गर्दै नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराइएकामा युएई सरकारलाई धन्यवाद दिए । सूचना प्रविधि, इञ्जिनियरिङ, स्वास्थ्य सेवा, होटल व्यवस्थापनलगायत क्षेत्रमा अर्ध–दक्ष तथा दक्ष नेपाली श्रमिकको माग बढ्ने सम्भावना रहेको उल्लेख गर्दै उहाँले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र सम्मानजनक बनाउन नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारे।

नेपाल र युएईबीच आर्थिक सहकार्य विस्तारको सम्भावना रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले पूर्वाधार, कृषि, स्वास्थ्य, स्वच्छ ऊर्जा, पर्यटन तथा खानेपानीका क्षेत्रमा सहकार्य अघि बढाउन सकिने बताए । नेपालले लगानीका लागि कानुनी तथा संस्थागत तयारी पूरा गरेको र प्राथमिक क्षेत्रमा विदेशी लगानीलाई स्वागत गर्ने उनको भनाइ थियो ।

भेटमा राजदूत शम्सीले नेपाल र नेपालीप्रति युएईको आत्मीयता रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा युएईलाई नेपालले दिएको सहयोगप्रति आभार व्यक्त गरे। 

‘युएई नेपाली श्रमिकका लागि नेपालमै सीप विकास केन्द्र खोल्न तयार छ’, राजदूत शम्सीले भने, ‘युएई ऊर्जा, प्रविधिलगायत क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक छ ।’

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ७ : ४५ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,