अमेरिकालाई लक्षित गर्दै दक्षिण अफ्रिकाका राष्ट्रपतिले भनेः जी–२० मा कसैको ‘दादागिरी’ चल्दैन « Khabarhub

अमेरिकालाई लक्षित गर्दै दक्षिण अफ्रिकाका राष्ट्रपतिले भनेः जी–२० मा कसैको ‘दादागिरी’ चल्दैन


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

जोहानेसबर्ग – संयुक्त राज्य अमेरिकाले जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने बताएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले समूहमा कसैको पनि दादागिरी नचल्ने चेतावनी दिएका छन् ।

सम्मेलन यस सप्ताहन्तमा जोहानेसबर्गमा हुँदैछ । वाशिङ्गटनले सम्मेलनमा आफूले प्रतिनिधि नपठाउने बताउँदै सम्मेलनपछि नेताहरूको परम्परागत रुपमा आउने गरेको संयुक्त वक्तव्य जारी गर्न उचित नहुने बताएको छ। सम्मेलनमा लगभग ४० देशको प्रतिनिधित्व हुने बताइएको छ।

जी–२० को एजेन्डा र विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु नीतिलाई लिएर दक्षिण अफ्रिकासँग विवाद भइरहेको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रतिनिधिलाई शिखर सम्मेलनमा सहभागी नगराइएको बताएका हुन् ।

‘यो हुन सक्दैन । कुनै देशको भौगोलिक स्थिति वा आय वा सेनाले कसको आवाज छ र कसलाई होचाएर बोलिन्छ भनेर देखाउँछ,’ राष्ट्रपति रामाफोसाले सम्मेलनका सम्बन्धमा वाशिङ्गटनलाई स्पष्ट रूपमा सङ्केत गर्दै प्रतिनिधिहरूसँग भने ।

नोभेम्बर २२–२३ मा हुने शिखर सम्मेलनअघि नागरिक समाजको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘एउटा राष्ट्रले अर्को राष्ट्रमाथि दादागिरी गर्नु हुँदैन ।’

‘जी–२० प्राथमिकताहरू ‘अमेरिकी नीति विचारहरूको विपरीत’ छन् र हामी तपाईंको अध्यक्षतामा वार्ता गरिएको कुनै पनि कागजातमा सहमतिको समर्थन गर्न सक्दैनौं,’ दक्षिण अफ्रिकामा अवस्थित अमेरिकी दूतावासले शिखर सम्मेलनमा आफ्नो देशले भाग नलिने भन्दै दक्षिण अफ्रिकालाई लेखेको एक पत्रमा भनिएको छ ।

‘जी–२० शिखर सम्मेलनको निष्कर्षसम्बन्धी दस्तावेज अमेरिकी सहमतिबिना नै जारी गर्ने कार्यको अमेरिकाले समर्थन गर्न बाध्य हुनेछैन,’ विज्ञप्तिमा भनिएको छ । जी–२० शिखर सम्मेलन आयोजना गर्ने पहिलो अफ्रिकी देश दक्षिण अफ्रिकाले अमेरिकाको अनुपस्थितिले आफ्नो भूमिकालाई अस्वीकार गरेको भन्दै यसपति आपत्ति जनाएको छ।

विदेशमन्त्री रोनाल्ड लामोलाले प्रिटोरियाले नेताहरूको निष्कर्षलाई अमेरिकाको अनुपस्थितिमा नै भएपनि घोषणा पत्रका पमा जारी गरिने बताएका छन् । रामाफोसाको सम्बोधनपछि उनले भने, ‘हामी कुनै घोषणा गर्न सक्दैनौँ वा शिखर सम्मेलनमा कुनै निर्णय गर्न सक्दैनौँ भनेर अनुपस्थित कसैले पनि हामीलाई सुझाव दिनु सही हुनेछैन।’

दक्षिण अफ्रिकाले जी–२० को आफ्नो अध्यक्षताको विषयवस्तुको रूपमा ‘ऐक्यबद्धता, समानता, स्थिरता’ रोजेको छ, जसमा १९ देश, युरोपेली संघ र अफ्रिकी संघसहित दुई क्षेत्रीय निकायहरू समावेश छन्। जी–२० का सदस्य राष्ट्रले विश्वको कुल गार्हस्थ्य उत्पादनको ८५ प्रतिशत हिस्सा ओगटेको छ भने विश्वको कुल गार्हस्थ्य उत्पादनको करिब दुई तिहाइ हिस्सा ओगटेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १० : ५१ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका