ताइवानले दशौँ लाख नागरिकलाई सुरक्षा पुस्तिका वितरण गर्ने « Khabarhub

ताइवानले दशौँ लाख नागरिकलाई सुरक्षा पुस्तिका वितरण गर्ने


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानले दशौँ लाख नागरिक सुरक्षा पुस्तिका वितरण गर्ने भएको छ । चिनियाँ हमलाको जोखिम बढिरहेको बेला ताइवानले यस्तो कदम चाल्न लागेको हो ।

ताइवान सरकारले अङ्ग्रेजी र अन्य विदेशी भाषामा समेत लेखिएको यो पुस्तिका ९८ लाख पत्रमञ्जुषामा पुर्‍याउने तयारी गरेको छ । उक्त पुस्तिकामा ताइवानले कस्तो अवस्थाको सामना गर्नसक्छ भन्ने सम्भावित अवस्थालाई मध्यनजर गर्दै सुरक्षाका उपाय सुझाइएको छ ।

यस पुस्तिकाबाट सम्भावित आपतकालीन परिस्थितमा कसरी जीउधनको सुरक्षा गर्ने भन्नेबारे नागरिकहरुले जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ । समाचार संस्था रोयटर्सका अनुुसार ताइवानले गत सेप्टेम्बरमा यस पुस्तिका सार्वजनिक गरेको थियो ।

उक्त पुस्तिकामा नजिकै रहेका बम सेल्टर र आपतकालीन सामग्रीको तयारी गर्नेबारे पनि नागरिकलाई जानकारी दिनेछ । ताइवानको पछिल्लो कदमलाई आफ्ना नागरिकहरुलाई कुनै पनि संकटग्रस्त अवस्थाका लागि तयार राख्ने उपायका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ४ : ५० बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको