चीनको सिन्जियाङ प्रान्तमा उत्पादन हुने सामान आयात नगर्न जापानलाई डब्लूयूसीको आग्रह « Khabarhub

चीनको सिन्जियाङ प्रान्तमा उत्पादन हुने सामान आयात नगर्न जापानलाई डब्लूयूसीको आग्रह


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व उइग्युर कंग्रेस (डब्लूयूसी) का प्रमुख तुर्गुन्जन अलउदुनले जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेतासँग भेटवार्ता गरेका छन् । अलउदुनले लिबरल डेमोक्र्याटिक पार्टीको निर्वाचन रणनीति समितिका प्रमुख केइजी फुरुयासँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा अलउदुनले जापानलाई चीनको सिन्जियाङ प्रान्तमा उत्पादन हुने सामान आयातमा बन्देज लगाउन आग्रह गरेका छन् । उनले फरुयासँग अमेरिकाकै शैलीमा उइग्युर बधुँवा मजदुर बन्देज ऐनकै शैलीमा नयाँ कानुन ल्याउन पनि आग्रह गरेका छन् ।

यसका लागि जापानको उइग्युर संसदीय संघले तयारी गर्नुपर्ने उनको भनाइ छ । यस संघको अध्यक्षता फुरुयाले गर्दै आएका छन् ।

जापान फरवार्डका अनुसार यो संघले नयाँ कानुनको खाका तयार पार्ने अपेक्षा गरिएको छ । भेटवार्ताका क्रममा डब्लूयूसीले जापानी संसदीय समूहसमक्ष तीन महत्वपूर्ण लिखित आग्रह अघि सारेको जनाइएको छ ।

यसमा जापानमा नागरिकता प्राप्त गरेका अथवा अध्ययन गरिरहेका उइग्युर समुदायका व्यक्तिहरुको सुरक्षा प्रत्याभूति रहेको छ । त्यसैगरी, डब्लूयूसीले सिन्यिाङ प्रान्तमा उइग्युर समुदायका व्यक्तिलाई बधुँवा मजदुर बनाएर श्रम शोषण गरी उत्पादित वस्तुको आयात प्रतिबन्ध र विदेशमा बस्ने उइग्युर समुदायका शरणार्थीको सुरक्षालाई प्राथमिकता दिन पनि आग्रह गरेको छ ।

अलउदुनले सिन्जियाङ प्रान्तमा मानव अधिकार उल्लङ्घनका घटनाको अझै निरुपण हुन नसकेको जनाएका छन् । यसबारे अन्तर्राष्ट्रिय, निष्पक्ष र पारदर्शी अनुसन्धान हुनुपर्ने उनको माग छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : २१ बजे

निर्वाचनका लागि दर्ता भए ८० दल

काठमाडौँ- फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन

महाकाली नदीमा डुबेर एक युवक बेपत्ता

महेन्द्रनगर- महाकाली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्। कञ्चनपुरको

टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग

काठमाडौं- आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न

कर्णाली जेनजीले माग्यो महान्यायाधिवक्ता र प्रधानमन्त्रीका स्वकीय सचिवको राजीनामा

काठमाडौं- कर्णाली जेनजीले महान्यायाधिवक्ता र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवको राजीनामा

धरहरा सञ्चालनको एक वर्ष : सात करोड ७१ लाख राजस्व असुली

काठमाडौं– पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा