चीनको सिन्जियाङ प्रान्तमा उत्पादन हुने सामान आयात नगर्न जापानलाई डब्लूयूसीको आग्रह « Khabarhub

चीनको सिन्जियाङ प्रान्तमा उत्पादन हुने सामान आयात नगर्न जापानलाई डब्लूयूसीको आग्रह


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व उइग्युर कंग्रेस (डब्लूयूसी) का प्रमुख तुर्गुन्जन अलउदुनले जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेतासँग भेटवार्ता गरेका छन् । अलउदुनले लिबरल डेमोक्र्याटिक पार्टीको निर्वाचन रणनीति समितिका प्रमुख केइजी फुरुयासँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा अलउदुनले जापानलाई चीनको सिन्जियाङ प्रान्तमा उत्पादन हुने सामान आयातमा बन्देज लगाउन आग्रह गरेका छन् । उनले फरुयासँग अमेरिकाकै शैलीमा उइग्युर बधुँवा मजदुर बन्देज ऐनकै शैलीमा नयाँ कानुन ल्याउन पनि आग्रह गरेका छन् ।

यसका लागि जापानको उइग्युर संसदीय संघले तयारी गर्नुपर्ने उनको भनाइ छ । यस संघको अध्यक्षता फुरुयाले गर्दै आएका छन् ।

जापान फरवार्डका अनुसार यो संघले नयाँ कानुनको खाका तयार पार्ने अपेक्षा गरिएको छ । भेटवार्ताका क्रममा डब्लूयूसीले जापानी संसदीय समूहसमक्ष तीन महत्वपूर्ण लिखित आग्रह अघि सारेको जनाइएको छ ।

यसमा जापानमा नागरिकता प्राप्त गरेका अथवा अध्ययन गरिरहेका उइग्युर समुदायका व्यक्तिहरुको सुरक्षा प्रत्याभूति रहेको छ । त्यसैगरी, डब्लूयूसीले सिन्यिाङ प्रान्तमा उइग्युर समुदायका व्यक्तिलाई बधुँवा मजदुर बनाएर श्रम शोषण गरी उत्पादित वस्तुको आयात प्रतिबन्ध र विदेशमा बस्ने उइग्युर समुदायका शरणार्थीको सुरक्षालाई प्राथमिकता दिन पनि आग्रह गरेको छ ।

अलउदुनले सिन्जियाङ प्रान्तमा मानव अधिकार उल्लङ्घनका घटनाको अझै निरुपण हुन नसकेको जनाएका छन् । यसबारे अन्तर्राष्ट्रिय, निष्पक्ष र पारदर्शी अनुसन्धान हुनुपर्ने उनको माग छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : २१ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको