नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै « Khabarhub

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा गर्दै छ ।

बागमती, विशेष र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा दिउँसो १२ बजे भृकुटीमण्डमा हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपाका अनुसार नेताकार्यकर्ताहरू सुनधारा, न्युरोड, रत्नपार्कमा जम्मा भएर बागबजार, पुतली सडक, पद्मोदय मोड हुँदैन भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ । सभामा ५० हजार बढी मानिस सहभागी हुने नेकपाले दाबी गरेको छ ।

सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल, नेताहरू झलनाथ खनाल, भीम रावल, वामदेव गौतमलगायतले सम्बोधन गर्नेछन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० भन्दा बढी दल मिलेर गत कात्तिक १९ गते नेकपा गठन भएको थियो ।

नेकपाले यसअघि विभिन्न प्रदेशमा पार्टी एकताको सन्देश सभा गरिसकेको छ । 

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ९ : २५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन