सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ « Khabarhub

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित बन्नुपर्ने बताएका छन् ।

 चितवनको सौराहामा शुक्रबारदेखि सुरु भएको सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १९औँ साधारण सभाको उद्‌घाटन गर्दै मुख्यमन्त्री बानियाँले सामुदायिक रेडियो समुदायसँग प्रत्यक्ष जोडिने भएकाले समुदायको आवश्यकता र चासोलाई केन्द्रमा राखेर कार्यक्रम तथा समाचार उत्पादन गर्नुपर्नेमा जोड दिए।

उनले सुशासन, गणतन्त्र र लोकतन्त्रको सुदृढीकरणसँगै देशमा शान्ति स्थापना गर्न सामुदायिक रेडियोले खेलेको भूमिकाको प्रशंसा गर्दै सही सूचना प्रवाह र खबरदारीका कारण सामुदायिक रेडियो अझै पनि भरपर्दो र विश्वासिलो माध्यम रहेको उल्लेख गरे। साथै, बागमती प्रदेशभित्र सञ्चालित सामुदायिक रेडियोहरू राजनीतिक आस्था वा दलभन्दा माथि उठेर सबैको साझा सञ्चारमाध्यम बन्नुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री बानियाँले बढ्दो डिजिटल प्रविधिको प्रयोगलाई जिम्मेवार, सही र विश्वासिलो ढंगले उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए । सामुदायिक रेडियोमा देखिएको आर्थिक चुनौती र नीतिगत अस्पष्टताका विषयमा प्रदेश सरकारले दिगोपन र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। दीर्घकालीन रूपमा सामुदायिक रेडियोलाई टिकाइराख्न प्रदेश सरकार सहयोगी बन्ने उनको भनाइ छ ।

कार्यक्रममा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेलले सामुदायिक रेडियोको संरक्षणका लागि राज्यका सबै निकायले सहयोग गर्नुपर्ने बताए। उनले सामुदायिक रेडियोले देश तथा विदेशमा रहेका नागरिकसम्म सही सूचना पुर्‍याएर सूचनाको पहुँच विस्तार गरेको उल्लेख गर्नुभयो । विपद्को समयमा समुदायको सारथी बनेर उद्धार, खोज तथा राहतमा सक्रिय भूमिका खेलेको भन्दै उनले प्रशंसा गरे। रेडियोलाई जोगाउन प्रदेश सरकार र आफू आबद्ध मन्त्रालयले नीतिगत सहयोग गर्ने उनले बताए।

मन्त्री पौडेलले सामुदायिक रेडियोले समुदायले खोजेअनुसार अडियोसँगै भिडियो र डिजिटल प्रविधिको विकासमा छाता संगठनले थप भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ७ : १७ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ