ईश्वर पोखरेल पक्षले भन्योः पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ « Khabarhub

ईश्वर पोखरेल पक्षले भन्योः पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन निरन्तर भूमिका निर्वाह गर्ने बताएका छन् ।

पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल पक्षको समीक्षा भेलामा आज यहाँ नेताहरूले पार्टीमा नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद (जबज)को आधारमा पार्टी निर्माणलगायत विषयमा आवाज उठाउँदै पार्टीलाई थप सुदृढ बनाउन लाग्ने बताएका हुन् ।

भेलामा नेतृ अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायतले महाधिवेशनमा आएको मतपरिणामका कारण विचलित नहुने, पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास, पुनर्गठनलगायत मुद्दालाई विधानभित्र रहेर निरन्तर उठाउने बताए ।

भेलाले महाधिवेशनबारे विभिन्न कोणबाट छलफल भएको र देशव्यापी समीक्षा गर्ने निर्णयसमेत गरेको उपसहासचिव योगेश भट्टराईले जानकारी दिए ।

उनले भने “भेलामा महाधिवेशनको घोषणा भएसँगै भएका गतिनिधिबारे समीक्षा भएको छ, प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्म भएका क्रियाकलापबारे छलफल भएको छ । कतिपय सन्दर्भमा लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको र पार्टी संरचनाको दुरुपयोग भएको विषय पनि उठेका छन् । यी सबै विषयमा नेताहरूले विभिन्न कोणबाट कुरा राख्नुभएको छ ।”

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ८ : ४५ बजे

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो